Print

मल्याङदीखोला–फलेवास ढिक सडक कालोपत्रेको मुख्यमन्त्री गुरुङद्धारा शिल्यान्यास

१० कार्तिक, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँघरमै स्वरोजगारमुलक ब्यबसाय गर्ने प्रशस्त वातावरण तयार भएकाले जा“गर चलाएर इलम गर्न युवाहरुलाई आब्हान गर्नुभएको छ ।

पर्वतको फलेबास नगरपालिकाले आयोजना गरेको चियापान तथा दोबिल्ला फलेबास सडकको बाँकी खण्ड कालोपत्रे कामको शिलन्यास समारोहमा बोल्दै बिदेश नगई स्वदेशमै उद्यम गर्न सरकारले प्रोत्साहनको निति लिएकोले स्वरोजगारमुलुक ब्यबसाय गर्न आब्हान गर्नुभएको हो ।

पाँच बर्ष भित्र प्रदेशलाई खाद्यन्न आत्मनिर्भर गर्ने उदेश्यका साथ अगाडि बढेको जानकारी गराउदै गाउका बा“झो रहेका बारीहरु हरियाली नभए सम्म उदेश्य पुरा हुन संभव नभएको बताउनुभयो । यसका लागि प्रदेश सरकारले जमिन करारमा लिएर खेती गर्न सकिने गरि करार खेती ऐन ल्याउने जानकारी पनि मुख्यमन्त्री गुरुङ्गले दिनुभयो ।

प्रदेशको राजधानी पोखराबाट हरेक स्थानिय तहमा पुग्ने सडक कालोपत्रे गर्ने, रणनितीक महत्वका सडकहरु निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पुर्वाधारमा सबैभन्दा अगाडी बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताउनुभयो । उहाँले दुई बर्षभित्रमा हरेक नागरिकलाई शुद्धखानेपानी उपलब्ध गराउने, एक बर्षभित्र उज्यालो गण्डकी प्रदेश बनाउने योजना अन्तिमचरणमा पुगेको छ भन्नुभयो ।

संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेका काम पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अर्को निर्वाचनमा आउँदा घोषणापत्र र स्वेतपत्र सहित आउने बताउँदै नेकपाको सरकारले देशलाई सम्बृद्ध बनाएरै छाड्छ भन्नुभयो । कार्यक्रममा सांसद गिरीले निर्वाचनमा मत माग्दा धुलाम्बे सडक देखाउँदै जनताले धुलोबाट मुक्त गर्दिनुहोस भन्ने गरेको स्मरण गर्दै धुलाम्मे सडकको अन्त्य गर्ने कार्यमा आफूहरु लागि रहेको उल्लेख गर्नुभयो । गिरीले पर्वतबासीले चाहेका सवै विकास योजनाका खाकाहरु साकार गर्नका लागि जनप्रतिनिधि र वर्तमान सरकार लागि परेको भन्दै जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने कार्यमा आफूहरु संवेदनशिल भएर लागि परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारले दुई बर्षभित्रमै सबै घरघरमा धारा, सबैघरमा बिजुली पु¥याउने बताउँदै पुर्वाधारको बिकास लागि पर्याप्त बजेट र कार्यक्रम कार्यान्वयनमा लागेको छ भन्नुभयो । पर्वत जिल्लामा मात्रै संघीय सरकारबाट ११ वटा र प्रदेश सरकारबाट ४१ वटा गरि ५२ वटा सडकमा बजेट बिनियोजन भएको बताउँदै पर्वत जिल्ला भौतिक पुर्वाधारमा अब्बल बन्छ भन्नुभयो ।

गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले देविस्थानबासीको ठूलो सपना अहिले आएर पुरा भएको बताउनुभयो । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले सडकको मापदण्ड, सडक चक्लाबन्दी जस्ता काम सम्पन्न गरिसकेकाले अब स्तरउन्नतीका लागि संघ र प्रदेश सरकार संग समन्वय भैरहेको बताउनुभएको थियो।

उक्त कार्यक्रममा फलबास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले स्वागत गर्नुभएको थियो भने पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले दोबिल्ला फलेबास सडक अन्र्तगत मल्याङ्गदीखोला मुडिकुवा , ढिक, चन्दनी सडकका बारेमा जानकारी गराउनुभएको थियो । झण्डै १० किलोमिटर लामो उक्त खण्ड २६ करोड ५१ लाख रुपैंयामा कालोपत्रे गर्न लागिएको हो । कार्यक्रमको सञ्चालन फलेबास नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।