Print

जनताका गुनासा र समस्या बुझ्न सांसद गिरी दक्षिण पर्वतमा

४ कार्तिक, पर्वत । जिल्लाको दक्षिणी सदरमुकाम देखि टाडाको क्षेत्र हो । सदरमुकाम वरीपरी मात्र विकास निर्माणको अभियान चल्ने गरे पनि त्यो क्षेत्र लामो समय देखि पिछडिएको देखिन्छ । सदरमुकामसम्म जोड्ने सडक पक्कि समेत अझै हुन नसक्दा त्यो क्षेत्रका जनता छिमेकी जिल्लाहरुका बजारलाई मुकाम मान्न बाध्य बनिरहेका छन ।

प्रतिनिधि सभा निर्वाचनको बेला दक्षिणी पर्वतका जनताले माग गरेका कतिपय योजनाहरु सम्बोधन भएका छन भने अधिकांश माग पुरा हुन बाँकी छन । पुरा भएका मागहरुको जनकारी र बाँकी योजनाका जनगुनासा सुन्ने अभियानमा सांसद पदम गिरीले दक्षिणी क्षेत्रको भ्रमण गरेका छन । मुख्य गरी विहादी गाउँपालिकाका उरामपोखरा, शालिग्राम, बर्राचौर, रानीपानी र बहाँकी क्षेत्रका जनताका समस्या बुझने अभियानमा गिरी जुटेका हुन ।

उक्त क्षेत्रमा पर्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत सेतीबेणी देखि रानीपानीसम्मको खण्डलाई कालोपत्रे गर्ने गरी यस अघि संघिय सरकारले ३९ करोडको लागतको टेण्डर आब्हान गरीसकेकोछ । उता, चिसापानी देखि बहाँकीसम्मको सडक कालोपत्रेका लागि प्रदेश सरकारकाले पनि काम शुरु गरीरहेको छ । सडक पूर्वाधारको हिसावले दक्षिणी क्षेत्र केहि बर्षमै विकसित देखिने छ । सांसद गिरीले दक्षिणी क्षेत्रमा सडक पछि ठूलो समस्याको रुपमा देखेको खानेपानी योजनालाई पनि कार्यान्वयनको चरणमा लैजाने गरी योजना गरिएको बताए ।

उनले चालु बर्ष देखि नै शालिग्राम र रानीपानी वडाका सवै घरधुरीमा एक घर एक धारा पुराउने गरी बजेट विनियोजन भएको जानकारी गराए । ‘दक्षिणी क्षेत्रमा सडक, खानेपानी र स्वास्थ्य क्षेत्रमा ठूलो समस्या छ’ उनले थपे–‘पर्वतको उत्तर क्षेत्रकै रप्तारमा दक्षिण क्षेत्रमा पनि विकासको मुल फुटिरहेको छ ।’ सांसदसंग गुनासो गर्दै उरामपोखराका स्थानीयले होश्राङदी–उराम–वहाकी जोड्ने सडक कालोपत्रेको माग गरेका छन ।

यसैगरी चिउरीखाल्डा देखि शिवपुरी धामसम्मको सडकको ट्रयाक्क समेत उनीहरुको माग छ । शालीग्राम र रानीपानीमा खानेपानीको माग छ भने बरौचौरका स्थानीयले सिंचाईको ब्यवस्थापनका लागि माग गरेका छन । गिरीे सवै योजनाहरु क्रमशः स्थानीय, प्रदेश र संघिय सरकारको बजेटबाट ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।