२७ असोज, पर्वत । बगैंचा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले औपचारिक रुपमा कारोबारको शुरुवात गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ६ मा कार्यालय रहेको सहकारीले सोमबार देखि औपचारिक रुपमा कारोबारको शुरुवात गरेको हो ।
५ करोड चुक्क्ता पुँजी रहने गरी ४५ जना शेयर सदस्यहरुले शुरुवात गरेको उक्त सहकारीको प्रारम्भिक शेयर पुँजी १ करोड ५० लाख छ । सहकारीका जेष्ठ सदस्य कृष्ण गिरीले औपचारिक रुपमा सहकारीको शुरुवात गरेका हुन । कुश्मा नगरपालिका भित्रका शेयर सदस्यहरु रहेको उक्त सहकारीले वचत तथा ऋण लगानीमा शेयर सदस्यहरुलाई प्रदान गर्ने सहकारीका अध्यक्ष गणेश गिरीले जानकारी दिए ।
्दैनिक तथा मासिक बचत तथा सरल कर्जाको सेवा प्रवाह गर्ने गरी स्थापना गरिएको सहकारीले रेमिट्न्यास तथा बैकिङ प्रणालीका सवै सेवाहरु भविश्यमा प्रवाह गर्ने योजना रहेको अध्यक्ष गिरीको भनाई छ ।
सहकारीले मुनाफा कमाउने मात्र नभई सामाजिक कार्यको क्षेत्रमा समेत सहयोग गर्ने गरी कार्य गर्ने संस्थाका सल्लाहकार संयोजक नवराज गिरीले जानकारी दिए । नगरपालिका कार्य क्षेत्र रहने गरी उक्त सहकारीले कार्यप्रराम्भ गरेको हो ।




