Print

युवा संघको केन्द्रिय कमिटि, मोदी गाउँपालिकाका प्रवक्ता लामिछाने सहित पर्वतका ३ जना केन्द्रिय सदस्य

१८ असोज, पर्वत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिले पूर्णता पाएको छ।
बुधबार बसेको बैठकले राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा साविकको वाइसियल र साविक युवासंघ नेपालबाट प्रस्तावित ३३२ सदस्यहरूको नाम पारित भएको हो।
३३५ सदस्य रहेन संघका रिक्त रहेका सदस्यहरू साविक वाइसियलबाट मनोनित गरिने संघका सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा दिपशिखाले विज्ञप्ती निकालेर जनाएका छन्।
यसैबीच पर्वतवाट तीन जना युवा केन्द्रीय समितिमा अटाएका छन् ।

युवा संघको केन्द्रिय सदस्यमा मोदी गाउँपालिकाका प्रवक्ता समेत रहेका युवा संघ पर्वतका पुर्व अध्यक्ष विमल लामिछाने, विहादी गाउँपालिकाको उरामका शुन्दर भुसाल र ठुलीपोखरीका प्रकाश लामिछाने केन्द्रिय कमिटिमा मनोनित भएका हुन् ।