Print

कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

३० भदौ, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतमा कार्यरत बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी प्रदेश सरकारबाट पुरस्कृत भएका छन । पर्वत र बागलुङ कायक्षेत्र भएको कृषि ज्ञान केन्द्रमा कार्यरत रेग्मीलाई उत्कृष्ट कर्मचारीको रुपमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पुरस्कृत गरेको हो ।

कृषि कार्यालयमा विगत २ दशक भन्दा बढि समय देखि कार्यरत रेग्मी पर्वत जिल्लामा मात्रै विगत ८ बर्ष देखि कार्यरत छन । रेग्मीलाई मन्त्रालयका मन्त्री लेखबहादुर थापा र सचिव दुर्गाप्रसाद दबाडीले पुरस्कृत गरेका छन ।

रेग्मीले कृषि क्षेत्रको विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । रेग्मीले पर्वत बसाईको क्रममा कृषि क्षेत्रमा ब्यवसायीकतालाई अभिबृद्धि गर्ने कार्यमा विशिष्ट योगदान पुराएका छन । कृषकहरुलाई प्रोत्साहन गर्ने देखि उनीहरुका समस्या समाधानका लागि रेग्मी कार्यक्षेत्रमा इमान्दारीतापूर्वक खटिदै आएका छन । पुरस्कार प्राप्त गरेपछि रेग्मीले कृषकहरुको समस्या समाधान गर्दै कृषि क्षेत्रलाई ब्यवसायीक बनाउन आफूले थप प्रयास गर्ने बताए ।