३१ साउन, पर्वत । सुचना तथा सञ्चार मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या गर्नेलाई कानून बमोजीम कारबाही हुने बताएका छन । शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार मन्त्री बास्कोटाले अवफाह फैलाउने गरी झुट्टा समाचार लेख्नेलाई कानून बमोजीम कारबाही गरिने बताएका हुन ।
उनले कारबाही गर्ने न्यायीक निकाय अदालतलाई तोकेर नयाँ कानून बन्न लागेको बताउँदै प्रेस काउन्सिल वा मिडिया काउन्सिलले भने पत्रकारलाई कारबाही गर्न नसक्ने बताए ।
उनले आफै सम्पादक हुने र आफैले आफैलाई कारबाही गर्ने कानून नआउने स्पष्ट पार्दै अदालती प्रक्रियाबाट नै झुट्टा समाचार देखी राष्ट्रियता माथि आँच पुग्ने र ब्यक्तिको चरित्र हत्या हुने समाचार लेख्ने पत्रकारलाई कारबाही हुने स्पष्ट पारे । उनले गल्ती नगरेको ब्यक्तिलाई अपराधि बनाउने पत्रकारिताले अपराध ठहर नहुँदा क्षतिपूर्ति समेत भराउनपर्ने समेत बताए ।
ब्यक्तिलाई समाजिक रुपमा मुख नै देखाउन नहुने गरी समाचार लेख्ने पछि आरोप पुष्टि नभए पत्रकारलाई समाचार लेखेको भरमा कारबाही नहुने प्रचलनको अव अन्त्य हुने समेत मन्त्री बास्कोटाले बताए ।




