२५ वैशाख, पर्वत । नेपाली काँग्रेस पर्वतले पनि आजबाट जनजागरण अभियान शुरु गरेको छ । जिल्लाभरिका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुको सहभागितामा आज कुश्मा बजारबाट जागरण अभियानको शुरुवात गरिएको हो ।
जागरण अभियानको शुरुवात कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवं पर्वतका लागि केन्द्रबाट खटिनुभएका प्रतिनिधी चिनकाजी श्रेष्ठले जागरण कार्यक्रममा नेपाली काँग्रेस नयाँ उर्जा प्रदान गर्ने बताऐ । उनले एकताको सन्देश गाउँमा पुग्ने र गाउँका समस्या केन्द्रमा पु¥याउने गरि कार्यक्रम देशैभरि शुरु भएको बताए । नेता श्रेष्ठले नेपाली काँग्रेस महासमिति बैठकपछि एक भएको चर्चा गर्दै यो सन्देश गाउँमा पु¥याउनुपर्ने बताए ।
उनले अहिले दुई तिहाई वहुमतको सरकारले संसदमा जनताका आवाज सुन्न नचाहेको र जनताका आवाज बोल्ने प्रतिपक्षी साँसदको मुख थुन्ने काम गरेको भन्दै आपत्ती जनाए । पर्वतमा काँग्रेसको राम्रो एकता रहेको र जनतामा काँग्रेसप्रति ठूलो भरोसा रहेको भन्दै जनताका हरेक दुखमा साथ दिँदै पार्टिलाई सहि दिशा दिन जिल्लाका नेताहरुलाई श्रेष्ठले सुझाव दिए । उक्त कार्यक्रममा साविक माओबादी केन्द्रका सचिवालय सदस्य रामचन्द्र घिमिरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन । घिमिरेलाई अविर र खादाले स्वागत गर्दै पार्टि प्रबेश गराईएको छ । उक्त कार्यक्रममा बोल्दै प्रदेशसभा साँसद ललितकला गुरुङले कम्यूनिष्ठको झुठो आश्वासनमा जनता नबिक्ने बताइन ।
नेपाली काँग्रेसका पूर्व पार्टि सभापति नवराज गुरुङले जागरण अभियानको विषय प्रबेश गराउँदै जागरण अभियानका १५ बुँदे मार्ग चित्र प्रस्तुत गरे । पूर्व पार्टि सभापति गुरुङले गाउँ गाउँका जनताका सुखदुख बुझेर नेपाली काँग्रेस अगाडी बढ्ने बताए । जिल्ला सभापति खिमप्रसाद भुसालले कार्यक्रमको सभापतित्व ग्रहण संगै कार्यक्रम समापनमा पार्टिको यो अभियान ऐतिहाँसिक अभियान रहेको बताए ।
भुषालले अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पार्टिका जिल्ला उपसभापति दुर्गावहादुर खत्रीले जागरण अभियान संगै नेपाली काँग्रेस एक ढिक्का भएको बताए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव विश्वप्रकाश प्रसाईले गरेका थिए ।




