Print

‘नेपाल अव विश्व मानचित्रमा गरिबको राष्ट्र भनेर चिनिने छैन’–सांसद गिरी

२२ वैशाख, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले वर्तमान सरकारले नेपाललाई अब विश्व मानचित्रमा गरिबको राष्ट्र, श्रम वेचेर खानेको देश होइन धनी र सुखी जनता बस्ने राष्ट्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको बताएका छन ।

आइतबारबाट शुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै सांसद गिरीले सरकारले निर्वाचनको बेलामा गरेको प्रतिबद्धता अनुरुप नेपाललाई केहि बर्ष मै सम्बृद्ध र सुखी नेपाली बनाउने गरी नीति तथा कार्यक्रममा आधार तय गरेको बताए । उनले नीति तथा कार्यक्रम बमोजीमकै बजेट सरकारले ल्याउन सकेमा नेपाललाई आगामी केहि बर्ष भित्र नै सम्बृद्ध बनाउने आधार देखिने दावी समेत गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएतले नीति तथा कार्यक्रमको विरोध गरीरहेको बेलामा उनले नीति तथा कार्यक्रमको पक्षमा बोल्दै प्रतिपक्षी दल नीति तथा कार्यक्रमको सारतत्वमा भन्दा शाब्दिक अर्थमा अल्झिएको आरोप लगाए ।

सांसद गिरी विश्व भरको प्रयोगलाई नजर अन्दाज नगरी शब्दको ब्याख्यामा नअल्झिन प्रतिपक्षी दललाई आग्रह समेत गरे । सांसद गिरीले वर्तमान सरकारले सडक पूर्वाधारको निर्माण र भ्रष्ट्रचार नियन्त्रणमा ठूलो सफलता प्राप्त गरीरहेको दावी गर्दै जनताका आवश्यकताहरु पुरा गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै त्यसको बचाउ समेत गरे ।

सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने गरी कार्यक्रम ल्याएको समेत प्रतिपक्षीले आलोचना गर्न शुरु गरेको तर्फ इंकित गर्दै निर्वाचन पछि नेपाली कांग्रेसले नै जेष्ठ नगरिकको भत्ता बढाउन खोजेको स्मरण गरे । उनले निर्वाचनका प्रतिबद्धता र १५ बर्षिय विकास रणनीति सफल बनाउन वर्तमान सरकार सफल हुने विश्वास समेत ब्यक्त गरे । सांसद गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन ।