Print

नेपाल निजामति कर्मचारी संगठन पर्वतले २९ औं स्थापना दिवस मनायो

८ वैशाख, पर्वत । नेपाल निजामति कर्मचारी संगठनले २९ औं स्थापना दिवस मनाएको छ । संगठनको स्थापना दिवसको अवसरमा गुप्तेश्वर वेध वेधाङग पाठशालामा खाद्यन्न सामाग्री वितरण गरी संगठनले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले निजामित कर्मचारीहरु जति धेरै अनुशासीत र बफादार बन्छन त्यति नै देश विकासको बाटो थप सहज हुन्छ भने ।

उनले निजामति कर्मचारी संगठनको स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै नेपालमा कर्मचारीहरु माथि काम चोरको आरोप विगत लामो समय देखि लाग्दै आएको उल्लेख गर्दै अवका कर्मचारीहरु विकासबादी, नागरिक मैत्री र सदाचारी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता शेषराज रेग्मी, पाठशाला सञ्चालक समितिका अध्यक्ष खडानन्द आचार्य लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष राधादेवी देवकोटा र सञ्चालन बालकृष्ण शर्माले गरेका थिए ।