Print

‘अवको ४ बर्षमा जलजलाका सवै मुख्य सडकले मुहार फेर्नेछन’–सांसद गिरी

७ वैशाख, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला गाउँपालिकाका सवै मुख्य सडकले आगामी ४ बर्ष भित्र मुहार फेर्ने बताएका छन । सांसद गिरीले नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार आगामी ४ बर्ष भित्र गाउँपािलका भित्रका सवै मुख्य सडक स्तरोउन्नती हुने बताएका हुन ।

कच्चि र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य जलजला बासीहरुलाई कालो र चिल्लो सडकमा यात्रा गराउने गरी वर्तमान सरकारले काम गरीरहेको उल्लेख गर्दै संघिय सरकार र प्रदेश सरकारको ध्यान जिल्ला भरका सडकको स्तरोउन्नती, खानेपानीको सहज उपलब्धता, सिंचाई नहरको ब्यवस्थापन प्राथमिकतामा रहेको उल्लेख गरेका छन ।

पालिकाहरुमा सुविधासम्पन्न अस्पताल बनाउने गरी आगामी बर्ष बजेटको समेत संघिय सरकारले ब्यवस्था गर्ने उल्लेख गर्दै सांसद गिरीले इतिहासमा नै नभएको चमत्कारी विकास गराउन वर्तमान सरकारले काम गरीरहेको उल्लेख गरे ।

स्थायी सरकार भएका कारण सामान्य विवाद, अवरोध र अडचनले विकास निर्माणका कामहरुमा बाधा अवरोध सृजना नहुने उल्लेख गर्दै सांसद गिरीले नेपालीहरुको सम्बृद्ध नेपालको सपना पुरा गराउने कार्यमा वर्तमान सरकारले उल्लेख्य कामहरुको शुरुवात गरेको समेत बताए । उनले राष्ट्र र राष्ट्रीयताको जर्गेना गर्दै आफ्नै पानीजहाजमा समुन्द्रपारीबाट सामाग्रीहरु नेपालमा भित्राउने जस्तो इतिहासिक कार्यको शुभारम्भ गरेको वर्तमान सरकारले रेल र खानी उत्खनन्मा समेत काम गरीरहेको जानकारी गराए ।