Print

“ठुला बिकास योजना समयमा नै सक्नुपर्छ”- तिमिल्सिना

२५ चैत्र, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठुला बिकास योजनाहरु समयमा नै सम्पन्न गर्ने कुरामा सबै निकायले ध्यान दिनुपनेै बताउनुभएको छ ।
सवा दुई अर्बको लागतमा निर्माण हुने नयाँमोदी लेखनाथ प्रसारण लाईनको शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले शुरु भएका ठुला योजना सम्पन्न गर्ने प्रमुख लक्ष्य बनाउनु पर्ने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले पुर्वाधार बिकासका आयोजनाहरु समयमा सक्ने परिपार्टी बिकास गर्न सक्दा मात्रै जनताले छिटो लाभ लिन सक्ने भएकाल तोकिएको समय भन्दा कम्तीमा एक महिना अघि सक्न निर्देशन दिनुभयो ।‘कुनै योजनमा बजेट पर्नु ठुलोकुरा होइन’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘समयमा सकियो भने मात्रै जनताले लाभ लिन सक्छन र लगानी सदुपयोग हुन्छ ।’ राज्यको निति नै आर्थिक समृद्धिको पक्षमा भएकोले सम्बृद्धि हासिल गर्न ठुलाठुला आयोजना निर्माण कार्य शुरु भएको बताउनुभयो । उहाँले योजनाहरु संगै आर्थिक बिकास हुन सक्ने कार्यक्रमहरु सञ्चालन गरि ब्यक्तिगत आम्दानी बृद्धि गर्न तर्फ लाभान्वित जनताहरु लाग्न पनि सुझाब दिनुभयो ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीले देशमा पुर्वाधार निर्माणको युग शुरु भएको बताउनुभयो । उहाँले सरकार गठन भएको एक बर्षमा योजनाहरुका लागि पुर्वाधार बनाउन समय लागेको चर्चा गर्दै अब दैनिक रुपमा शिलन्यास र उद्घाटनका कार्यक्रम मात्रै देख्ने दिन आउनेछन भन्नुभयो । चुनाब अघि भएका प्रतिबद्धताहरु पुरा भएरै छाड्ने बिश्वास पनि उहाँले दिलाउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य ललितकला गुरुङ्ग, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, मोदी गाउँपालिका वडा नं २ का अध्यक्ष बिकास तिमिल्सिना, आयोजना प्रमुख रोशन अग्रवाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाईन ४२ किलोमिटर लामो हुने आयोजनाले जनाएको छ । योजना अन्र्तगत १ सय ३८ वटा टावर रहने छन । प्रसारणलाईन अन्र्तगत पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थित सबस्टेशनमा मोदीखोलामा उत्पादित बिद्युत र कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिनेछन ।