२६ फागुन, पर्वत । प्रमुख जिल्ला अधिकारी गरुदत्त ढकालले कुश्मा वजार भित्र भैरहेको सडक विस्तारको काम सोमवार अवलोकन गरेका छन ।
सडक निर्माण कार्यमा गुणस्तरीयता कायम गराउने उद्देश्यले सिडिओले सडकको अवलोकन गरेका हुन । निर्माण स्थलमा पुगेका सिडिओ ढकालले गृह मन्त्रालयले गुणस्तरीय काम नगर्ने निर्माण ब्यवसायीलाई निगरानी बढाउने अभियान सञ्चालन गरेको भन्दै गुणस्तरीय काम गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिएका थिए ।
शहरी विकास मन्त्रालयबाट करिब ७ करोडको लागतमा निमार्ण भैरहेको कुश्मा बजार शिवालय चौक देखी मैत्री चोकसम्म निर्माणाधीन सडकको सिडिओ सहित राजनैतिक दलका प्रतिनिधि समेत सहभागी थिए ।
निर्माणधीन सडकको अवलोकन गर्दै सिडिओ ढकालले सडक निर्माणको काम समयमै सक्नको लागि वातावरण सिर्जना होस भन्ने हेतुले अवलोकन गरेको वताए । ढकालले सडक निर्माणले वजार क्षेत्रमा प्रभाव पर्ने देखिएकोले निर्माण कार्यलाई शान्तिपूर्ण रुपमा रातिको समयमा पनि तिव्र रुपमा गर्नुपर्ने वातावरण मिलाउनु पर्ने वताए ।
सडकको निर्माण कार्य सडक विभागको मापदण्ड अनुसार भए नभएको समेत जानकारी लिनको लागि अवलोकन गरेको भन्दै सिडिओ ढकालले मापदण्ड विपरीत कार्य गरेको पाइएमा ठेकेदार कम्पनीलाई कडा भन्दा कडा कारवार्ही गर्नेमा प्रशासन पछाडि नहट्ने चेतावनी पनि दिए ।
उता, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कुस्माबजारका सडक बिग्रिदा आफु सधै चिन्तीत रहेकोले यसलाई छिटो सक्न र कुश्माबजारलाई सुन्दर र हराभरा बनाउन हरपल खटिरहने बताउदै एकवर्ष भित्र काम सम्पन्न गर्न आग्रह गरेका छन ।
सडकको गुणस्तर कायम गर्न यस अघि पनि जनप्रतिनिधिहरुले निगरानी गर्दै आइरहेका थिए ।
अर्र्थ बीट साप्ताहिकबाट साभार




