Print

नेपालमा लुट्न पाइन्छ भन्दै नाँच्ने नेविसंघ कति राष्ट्रप्रेमी ?

६ फागुन, पर्वत । विवादीत गीत गाएर चर्चामा आएका पशुपति शर्माको गीतमा आइतबार लोकतन्त्र चोकमा केहि युवाहरु नाँचे । कलाकार स्वयमले गीतका शब्दहरु परिमार्जित गरेर गीत बजारमा ल्याउने बताए पनि नेपाली कांग्रेस निकट युवाहरु कुश्माको लोकतन्त्र चोकमा नाचेपछि युवासंघ नेपालका नेताहरुले धौलागिरी क्षेत्रमा गायक पशुपति शर्मालाई रोक लगाउने बताएका छन ।

देशबाट युवा पलायन बढिरहेको बेला नेपालमा बस्नुको कुनै अर्थ छैन भन्ने भाव सहितको ‘लुटन सके लुट कान्छा’ बोलको गीत गायर लोक गायक पशुपति शर्मा विवादमा आएका छन । शर्माले गीतका शब्दहरु प्रति क्षमा माग्दै गीतका शब्दहरुमा पुर्नविचार गरी गीतलाई बजारमा ल्याउने निर्णय गरे पनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले भने पशुपति शर्माको पक्षमा सडक तताएको छ ।

गीतका सर्जक आफैल गीत नबजाउन अनुरोध गर्दा पनि नेविसंघले गीत बजाएर वर्तमान सरकार र नेपाली राष्ट्रियता माथि ब्यङग प्रहार गर्न थालेपछि सत्ताधारी दलका युवा सगठनहरु पनि आक्रोसित बनेका छन ।

युवा संघ धौलागिरीका तत्कालीन उपाध्यक्ष अर्जुन पौडेलले सार्वजनिक कार्यक्रममा शर्मालाई बहिष्कार गर्ने घोषणा गरेका छन । उनले वर्तमान सरकार र नेपाली जनता माथि नै वितृष्णा जगाउने गरी कलाकारीताको मर्यादा विपरित गीत गाउने कलाकारलाई धौलागिरी क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सार्वजनिक कार्यक्रममा रोक लगाउन माग गरेका हुन ।

यसैगरी युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले कलाकारले राष्ट्रिय अस्मिता र राष्ट्रियता नै धरापमा पर्ने गरी मुठिभर ब्यक्तिहरुको निर्देशनमा कलाकारिता प्रदर्शन गर्न नहुने बताए । उता, आइतबार नेपाल विद्यार्थी संघले पर्वतको लोकतन्त्र चोकमा गायक शर्माले युटुवबाट हटाएको गीतमा नृत्य प्रस्तुत गर्दै वर्तमान सरकारको विरोध गरेका थिए । कलाकारलाई राजनीतिमा तान्दै जाँदा सार्वजनिक कार्यक्रमका आयोजकहरु नै अलमलमा परेका छन ।

केहिले शर्मालाई कार्यक्रममा रोक लगाउन माग गरेका छन भने केहि शर्माको पक्षमा सडकमा नाँच्दै हिडेका छन । यसैवीच पर्वतको कूश्मामा आयोजना हुने मगर महोत्सव र बागलुङको बलेवामा सञ्चालन भईरहेको बेलवा महोत्सवमा आयोजकलाई गायक शर्मालाई स्टेज नदिन तिव्र दबाव सृजना भएको बताईन्छ ।

आयोजकले कलाकार विवादमा आएको भन्दै कार्यक्रममा सहभागी नगराउने तयारी गरेको श्रोत बताउँछ । स्वतन्त्र कलाकारको रुपमा स्थापीय ब्यक्ति कुनै पार्टी विशेषको बन्दै गए पछि स्वतन्त्र र सार्वजनिक कार्यक्रमहरुमा उनको प्रस्तुती र उपस्थिती विवादमा पर्दा स्वयम् कलाकारको पर्फमेन्स माथि भने प्र्रश्न चिन्ह् खडा हुने निश्चित देखिएको छ ।