Print

हात्तिपाईले विरुद्धको अभियान : मोदी गाउँपालिकाले निर्माण गरयो विशेष कार्य योजना

३ फागुन, पर्वत । जिल्लाका ७ वटा स्थानीय तह मध्ये मोदी गाउँपालिकाले सहभागीतामूलक ढङगबाट हात्तिपाइले निवारण सम्बन्धि विशेष कार्य योजना निर्माण गरेको छ । आगामी फागुन महिनाको दोस्रो हप्ताबाट सन्चालन हुन लागेको अभियानलाई सफल बनाउन गाउँपालिकाले विशेष कार्य योजना निर्माण गरेको हो ।

हात्तिपाइले रोग लाम्खुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो । यो माइक्रोफाइलेरिया नामक परिजिवीको कारणबाट हुने गर्दछ । गॉंउपालिका स्वास्थ्य शाखाद्वारा आयोजित हात्तिपाइले निवारण कार्यक्रमको कार्य योजना निर्माण कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले अभियान टोल र बस्ती हुँदै ब्यक्तिसम्म केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले मानव स्वास्थ्य नै सवैभन्दा ठूलो राज्यको शक्ति भएको भन्दै यस्तो शक्तिको प्रयोग गर्न निरोगी सवै जनता हुनुपर्ने धारणा राखे । कार्यक्रममा उपाध्यक्ष सेती महतले अभियानको सफल कार्यान्वयनमा स्वास्थकर्मिहरुको भुमिका महत्वपूर्ण हुने भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन । त्यस्तै प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले योजना पुर्णरुपमा कार्यन्वयन गरेर औषधि खान योग्य जनताहरु कोहि पनि छुट्टाउन नहुनेमा जोड दिए ।

यस बर्ष मोदी गाउँपालिकामा १६३ जना स्वास्थकर्मी परिचालन गरि हात्तिपाइले निवारण अभियान सञ्चालन गर्नेछ । मोदी गाउपालिकाको कार्ययोजना अनुसार स्थानीय तह स्तरीय तर्जुमा गोष्ठी, स्वास्थकर्मी तालिम, महिला स्वास्थ स्वयम्मसेविका अभिमुखिकरण कार्यक्रम, स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम, बिद्यालय स्वास्थ शिक्षा कार्यक्रम लगाएतका कार्र्यक्रम गरिने मोदी गाउँपालिकाका स्वास्थ संयोजक उमेश अधिकारीले जानाकारी दिए ।

मोदी गाउँपालिकाले जिल्लाका ७ स्थानीय तह मध्ये पहिलो पल्ट पारदर्शी र सहभागीतामूलक ढङगबाट यस्तो कार्यक्रमको आयोजना गरेको हो । स्वास्थ्य संयोजक अधिकारीले अभियानलाई सफल बनाउनका लागि वडा स्तरमा विशेष अभियान सञ्चालन गरिने जानकारी दिए । उनले सञ्चार माध्यमहरु र जनप्रतिनिधिहरु मार्फत हात्तिपाइले अभियानको बारेमा ब्यापक प्रचार प्रसार गरी अभियानलाई सफल बनाउने गरी गाउँपालिकाले तयारी गरेको समेत जानकारी दिए ।

कार्यक्रमको सञ्चालन कबिराज प्रकाश चन्द्र सुवेदीले गरेका थिए भने कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक अधिकारीले गरेका थिए ।