Print

मोदी गाउँपालिकाको डिमुवामा निःशुल्क मुटु रोग शिविर हुने

७ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारको नवजागृत बहुमुखी क्याम्पस डिमुवामा १ दिने निशुल्क मुटु रोग सम्बन्धि शिविर सञ्चाालन हुने भएको छ । आगामी माघ १२ गतेका दिन विभिन्न संघ संस्थाहरुको सहयोग तथा आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा लेक सिटिको आयोजना र मोदी गाउँपालिकाको सह आयोजनामा शिविर सञ्चालन हुन लागेको मोदी गाउँपालिका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार मुटु रोग सम्बन्धि शिविरमा पोखराबाट विशेषज्ञ डाक्टर नारायण गौतम र केन्द्रबाट डाक्टर रवी मल्ल, डाक्टर विजय कुमार रोनियार डाक्टर राकेश बहादुर अधिकारीले विशेषज्ञ सेवा प्रदान गर्नेछन ।

शिविरमा मुटुरोगको परिक्षण, निशूल्क इसिजी सेवा, मुटुको भिडियो एक्सरे सेवा, निःशुल्क सुगर जाँच, पिटि/आइएनआर लगाएतका सेवाहरु उपलब्ध गराईने लामिछानेले जानकारी दिए । शिविरमा जाँच गरिएका विरामीहरुलाई आवश्यक पर्ने निःशुल्क अथवा सहुलियतमा शहिद गंगालाल हृदय केन्द्रमा उपचारको ब्यवस्था समेत मिलाइने छ ।

शिविरमा जाँच गर्न चाहने विरामीले आगामी मंसीर माघ १२ गतेका दिन विहान ७ बजे देखि विहान ११ बजेसम्म नाम दर्ता गराउन सक्ने गरी प्रवन्ध मिलाइएको छ । उक्त दिन भर नै विरामीको चेकजाँच गरिने आयोजकले जनाएको छ ।