४ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको वाड न ६ तिलाहारले उदाहरणीय कार्यको शुभारम्भ गरेको छ । घर घरमा सिंहदवार संघियतासंगै आउने नेताहरुले दावी गरीरहेको बेला वडा कार्यालयले वडाको सेवा टोल टोलमा विस्तार गरेको हो ।
वडा अध्यक्ष बिमल लामिछानले वस्ती र टोलमा पुगेर जनतालाई सेवा दिने अभियान शुभारम्भ गरिएको जानकारी गराए । वडा कार्यालयमा आउन लाग्ने समय वचत होस भनेर स्थानीयलाई टोल टोलमा सेवा प्रदान गरिएको हो ।
गाउँपालिकाको तिलाहार वडा औसतमा भौगोलिक रुपमा ठूलो वडा हो । जनसंख्या र भूगोलमा ठूलो वडाको रुपमा रहेको उक्त वडामा सेवाग्राहीहरु सेवा लिन वडा कार्यालय आउँदा लाग्ने समय वचत होस भनेर घुम्ति सेवा प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका लामिछानेको दावी छ । उनी भन्छन–‘संघियता आएपछि जनताले पाउने भनेकै सहज सुविधा हो ।’ सेवा प्रवाहमा कुनै समस्या नआओस भनेर यस्तो अभियानको शुभारम्भ गरिएको अध्यक्ष लामिछानेको भनाई छ ।
घुम्ति सेवाको शुभारम्भ साविकको वडा न ९ थामार्जुङबाट गरिएको छ । आधा दर्जन जति छरिएर रहेका वस्तीहरुमा क्रमशः घुम्ति सेवा प्रदान गरिने अध्यक्ष लामिछानेको भनाई छ । घुम्ति सेवामा आवश्यक सिफारिसहरु प्रदान गरिनुका साथै जनताको गुनासाहरु समेतको सम्बोधन गरिनेछ । वडा कार्यालयमा आउन असहज हुनेहरुका लागि यस्तो सेवा निकै प्रभावकारी बन्ने स्थानीयबासीको धारणा छ । ं




