Print

भब्य महल हुनेले पनि बुझे भुकम्प पिडितको रकम, अनुगमन फितलो

१३ पौष, पर्वत । अनुगमन फितलो हुँदा भुकम्प पिडितको नाउँमा पर्वतमा ब्रम्हलुट मञ्चिएको छ । सदरमुकाममा मात्रै पनि ढलन घर हुनेले भुकम्प पिडितको नाउँमा रकम बुझेका छन । राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना दिवसको अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा सहभागीले ३ तले घर हुनेले दुई कोठेको रकम बुझेको बताए ।

पुर्ननिर्माणको नाउँमा आएको रकम मनलाग्दी खर्च भएको छ पत्रकार गणेश पौडेलले भने–‘ठूलो घर हुनेले दुई कोठेको रकम बुझ्दा पनि सम्बन्धित निकाय मौन छ ।’ कर्मचारीहरुको जागिर खाने ध्यान र जनप्रतिनिधिहरुको हेलचक्राईका कारण कतिपय वास्तविक भुकम्प पिडित भने रकम बुझन नपाएको सरोकारवालाहरुको भनाई छ । नीजि आवास पुर्ननिर्माणको लागि आएको रकम मनलाग्दी बाँडफाँड हुँदा त्यसको दूरुपयोग भएको हो । नियमतः एउटा घर हुनेले भुकम्पले अर्को घर भत्काएपनि रकम बुझन नपाइने प्रावधान छ ।

तर, जिल्लामा सयौको संख्यामा त्यस्तो रकम वितरण भएको जसको अर्का घर पनि छ । ठूलो घर भएकाले रकम बुझने र देखाउनका लागि दुई कोठा बनाउँदा पनि जिल्ला कार्यान्वयन इकाई मौन हुँनु लज्जास्पद हो । जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख जनदिश शर्मा भन्छन–‘हामीलाई उजुरी आएको छैन ।’ अनुगमन फितलो बनाउने र उजुरी कुरेर बस्ने कर्मचारीहरुको प्रवृत्तिका कारण वास्तविक भुकम्प पिडित अनुदानबाट बञ्चित हुनु परेको सर्वसाधारणको गुनासो छ । इकाइ प्रमुख शर्माले –‘फर्म भर्दा अन्त घर छैन भनेर लेखेकाले अनुदान वितरण गरिएको हो ।’ उनले उजुरी नआएसम्म कारबाही गर्न नमिल्ने दावी गरे ।

कार्यक्रमममा बोल्ने बक्ताहरुले भूकम्पपिडीतहरुले घर बनाएपनि अहिले सम्म दोस्रो र तेस्रो किस्ता बुझ्ने क्रम नबढेको भन्दै पिडीतहरुले प्रभावकारी रुपमा राहत पाउने ब्यबस्था मिलाउँदै पुननिर्माणको गति अघि बढाउन आग्रह गरेका थिए ।

पर्वतमा विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा १६ जनाले मात्रै घर निर्माण गरि तेस्रो किस्ताको रकम बुझेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले दिएको जानकारी अनुसार भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म १६ जनाले तेस्रो किस्ताको रकम बुझिसकेका छन् । भने, १ हजार ६ सय ६ जनाले दोस्रो किस्ता बुझिसकेका छन् । ४ हजार ८ सय ४६ जनाले पहिलो किस्ताको रकम बुझेका थिए । कार्यालय प्रमुख जगदिश शर्माले नीजि आवास पुननिर्माणको प्रगति पेश गर्नुभएको हो ।

पर्वत जिल्लामा भूकम्पले भत्किएका विद्यालयको पुननिर्माण धमाधम भैरहेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका अनुसार भूकम्पले १७५ वटा बिद्यालय प्रभावित भएका थिए । ति विद्यालयका ३ सय ६१ कक्षाकोठामा भूकम्पले क्षती पु¥याएको थियो । तीन वर्षको अवधिमा साविकको जिल्ला शिक्षा कार्यालय र हाल जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षा मार्फत ९१ विद्यालयका २३२ कक्षाकोठा निर्माण भएका छन् । ८ कोठे भवन २ वटा बिद्यालयमा भवन बनेका छन् ।