Print

‘सम्बृद्धि हासिल गर्न कानून आवश्यक’ – अध्यक्ष तिमिल्सीना

१० कार्तिक, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै वटै तहका सरकारले कानुनको अभाबमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ ।

पर्वतको बिहादी गाउँपालिका वडा नं २ लाई पुर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले तीनै तहका अधिकार बाँडफाँड गर्ने कानुन आगामी हिउँदे अधिबेशनमा बन्ने भएकाले सबै तहले निर्वाध रुपमा काम गर्ने बाटो खुल्ने बताउनुभएको हो ।

‘अहिले सम्म कानुनको अभाबमा तीन वटै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था छ।’ उहाँले भन्नुभयो ‘यसपटकको हिउँदे अधिबेशनको पहिलो प्राथमिकता नै अधिकार बाँडफाँड सम्बन्धी कानुन बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्छ।’ आगामी पुसदेखि संघीय संसदको हिउँदे अधिवेशन बोलाइने बताउँदै अध्यक्ष तिमिल्सीनाले त्यही अधिबेशनमा तीन तहका अधिकार बाँडफाँडका कानुन आउने कुरामा ढुक्क हुन आग्रह पनि गर्नुभयो ।

आफुँले बजेट अधिबेशनकै क्रममा प्रदेश र स्थानिय तहका लागि आवश्यक कानुन पास गर्ने पक्षमा जोड दिएपनि समय अभाब र मौलिक हकका कानुनहरु पास गर्नुपर्ने अवस्थामा पुरा हुन नसकेको उहाँको भनाई छ । ‘बजेट अधिबेशनमा स्थानिय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनहरु समयको अभाबमा बनाउन नसकेपनि अहिले प्राथमिकतामा भएकाले यसमा चिन्ता मान्ने अवस्था छैन’ उहाँले भन्नुभयो ।


अर्को प्रसंगमा तिमिल्सिनाले पर्वत जिल्ला अग्ला र लामा पुलको जिल्लाको रुपमा बिकास गर्न लागिएको बताउनुभयो । पाङ–बागलुङ जोड्ने ५६७ मिटर लामो पुल निर्माण कार्य छिट्टै शुरु हुने र त्यसमा प्रयोग हुने प्रबिधीका आधारमा नाग्लीबाङ देखि बागलुङ,पाङराङ देखि बागलुङको छिस्ती जोड्ने पुल समेत निर्माणको प्रकेयामा जाने जानकारी गराउनुभयो । यस बाहेक धेरै पुल बन्ने हुँदा पर्वत जिल्ला साच्चै अग्ला र लामा पुलले घेरिएको जिल्ला बन्ने र यहाँको पर्यटन क्षेत्रले फड्को मार्ने बिश्वास पनि ब्यक्त गर्नुभयो । कालीगण्डकी लोकमार्गको कुस्मा सेतीबेणी खण्ड कालोपत्रे गर्ने काम आफ्नै कार्यकालभित्र हुने आश्वासन दिदै अध्यक्ष तिमिल्सीनाले बर्राचौर देखि हुवास र फलेबास देखि हुवास सम्मको सडक कालोपत्रे गरिने बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले वर्तमान सरकारको मुल्याँकन गर्ने बेला नभएको बताउँदै आगामी पाँच बर्षमा समृद्धिको स्पष्ट आधार तयार गरि जनताका बिचमा आउँछ भन्नुभयो । ‘अहिले सरकारले सम्बृद्धिका लागि आधारहरु तयार गर्दै छ, ’ उहाँले भन्नुभयो पाँच बर्षमा हामीले काम गरेर देखाउँछौ, तपाईहरुले प्रश्न गर्ने ठाउँ राख्नेछैनौ’

कार्यक्रममा प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, बिहादी गाउँपालिका प्रमुख कमल भुसाल, पैंयु गाउँपालिका प्रमुख खगेन्द्र तिवारी, नेकपाका जिल्ला संयन्त्र सदस्य गोबिन्द पहाडी, नेपाली कांग्रेसका सचिब बिश्वप्रकास प्रसाई, राजमोका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, वासका जिल्ला सल्लाहकार प्रशन्न पाण्डे, बिहादी गाउँपालिका उपप्रमुख डम्बरकुमारी गुरुङ लगायतले मन्तब् यक्त ग गर्नुभएको थियो । कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष ओमप्रसाद कुवँर र सञ्चालन शिक्षीका कमला पौडेलले गर्नुभएको थियो ।