६ असोज, पर्वत । मोदी गाउँपालिकाको आयोजनामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले आगामी आगामी ५ बर्ष भित्र वर्तमान सरकारले सम्बृद्ध नेपालको खाका कोर्ने दावी गरेका छन । नेपालीहरुका पर्वहरुको अवसरमा आयोजीत शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद गिरीले सरकार सम्बृद्धि पथमा अगाडि बढेको बताउँदै ५ बर्ष भित्रमा विकास आयोजनाहरुका कारण सम्बृद्धिको खाका कोरिने दावी गरेका हुन ।
सरकारलाई काम गर्ने वातावरण सवैले दिनु्पर्ने धारणा राख्दै सांसद गिरीले तत्काल देखिने कामले दिर्घकालीन विकास नहुने भएकाले सरकारले दिर्घकालीन महत्वका आयोजनाहरुमा ध्यान दिएको बताए । संघिय सरकारले ठूला आयोजनाहरुको काम गरीरहेको तर्फ इंकित गर्दै सांसद गिरीले स्थानीय तहहरुले पनि स्थानीय स्तरमा दिर्घकालीन महत्वका कामहरु गर्न सुझाब दिए ।
गाउँकार्यपालिकाको आयोजना भएको उक्त कार्यक्रममा बोल्दै सांसद गिरीले जनताहरुले अझै पनि साना योजनाहरुका कामहरुमा सांसद नै गुहार्ने परिस्थिती यथावत रहेको औल्याउँदै त्यस्ता साना योजनाहरुको कार्यान्वयन अव स्थानीय तहहरुबाटै हुनुपर्ने बताए । उनले स्थानीय सरकार बलियो भएमा त्यसले केन्द्रिय सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै आन्तरीय आय बृद्धि र महत्वगामी आयोजनाहरु सञ्चालनमा ध्यान दिन समेत स्थानीय सरकारलाई सुल्झाए ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँबासीहरुलाई शुभकामना दिदै चाडपर्वहरुले आपसी भाइचारामा अभिबृद्धि हुने धारणा राखे । उनले स्थानीय सरकार स्थानीय जनताको गुनासाहरु सम्बोधन गर्न र विकास आयोजनाहरुलाई पारदर्शीतापूर्वक अगाडि बढाउन तयार रहेको समेत जानकारी दिए । कार्यक्रममा पूर्व प्रतिनिधि सभाका सदस्य कल्पना चापागाई, मोदी गाउँपालिका उपाध्यक्ष सेती महत, मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




