Print

पर्वत अस्पताल बिकास समितिको अध्यक्षमा पहाडी

२४ असोज, पर्वत । पर्वत अस्पताल बिकास समितिको अध्यक्षमा गोबिन्द पहाडी मनोनित भएका छन । नेकपा पर्वतका नेता पहाडीलाई गण्डकी प्रदेस सरकारले अस्पताल बिकास समितिको अध्यक्ष पदमा मनोनित गरेको हो ।

गण्डकी प्रदेश सरकार, सामाजिक बिकास मन्त्री नरदेबी पुनको सोमबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट पहाडी अध्यक्ष पदमा मनोनित भएका हुन । अध्यक्ष पदमा मनोनित पहाडी शिबालय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुन भने गैह्रसरकारी संस्था, बिभिन्न मानवअधिकारबादी संस्था र सामाजिक संस्थाहरुमा काम गरेको अनुभव छ ।

अस्पताल बिकास समितिको अध्यक्ष भएपछि पहाडीले पर्वत जिल्ला अस्पतालको सेवा प्रवाह र भौतिक अवस्थामा सुधार गर्ने बताए । सरकारी अस्पताल प्रति सर्वसाधरणको बिश्वास जगाउने र जिल्ला मै हुन सक्ने उपचारका लागि पोखरा जाने तथा निजी स्वास्थ्य संस्था खोज्ने अवस्थाको अन्त्य गर्ने योजना रहेको उनले बताए ।

‘पर्वत अस्पतालमा भैरहेको सेवालाई बिश्वस्नीय र थप गुणस्तर कायम गर्ने कुरा मेरो प्राथमिकतामा हुनेछ’ उनले भने ‘सरकारी अस्पताल प्रति सेवाग्राहीमा बिश्वास बढाउन सके सर्वसुलभ स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार संरक्षण हुने भएकाले यसमा संभब सबै उपाय अपलम्बन हुनेछ’