Print

संसद वैठकमा सांसद गिरीले ध्यानाकर्षण गराएको दुई हप्तामै,वारीवेनी–बाँसखर्क सडक निर्माण प्रक्रिया अगाडि बढ्यो

२ असोज, पर्वत । पर्वतको बाँसखर्क जोड्ने वारीवेनी – बाँसखर्क सडकको टेण्डर प्रकृया रोकिएको बारेमा सांसद पदम गिरीले संसद वैठकको ध्यानाकर्षण गराएको दुई हप्तामै अर्थ मन्त्रालयले सडकको लागि बजेटको ब्यवस्थापन गरेको छ ।

वैठकको सुन्य समयमा बोल्दै सांसद गिरीले निर्माण कार्य अगाडी बढ्ने बेलामा रोकिएको उक्त सडकको टेण्डर प्रक्रिया तत्काल शुरुवात गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले बैठकको शुन्य समयमा बोल्दै टेण्डर प्रकृया अर्थ मन्त्रालयमा रोकिएको भन्दै मन्त्रालयको विषयमा चासो ब्यक्त गरेका थिए । निर्माण कार्य अगाडि बढाउने बेला अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न स्विकृती नदिदा टेण्डर प्रकृया एक बर्ष पहिले देखि रोएिको थियो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिका वडा नं २ वारीबेनी माझफाँट देखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालय पुगेपनि बजेटको सुनिश्चितता नभएका कारण टेण्डर प्रकृयामा जान सकेको थिएन ।

सडक निर्माण प्रक्रिया नै अलपत्र परेको भन्दै संसद वैठकमा गिरीले सरकार र सम्बन्धित मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए । त्यसको दुई हप्तामै अर्थ मन्त्रालयले बजेटको ब्यवस्थापन गर्दै टेण्डर प्रक्रियामा जाने निर्णय गरेको छ ।

पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ निर्वाचित सांसद गिरीले सडक निर्माणको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र सरकारको वैठकमा ध्यानाकषृण गराएका थिए । सडकको बिस्तृत आयोजना प्रतिबेदन (डिपीआर) स्विकृत भैसकेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना स्विकृत गरेर अर्थमन्त्रालयमा पठाएको दुई बर्ष वितेपनि सडकको निर्माण कार्यले भने गति लिन सकिरहेको थिएन । संसद वैठकमा सांसद गिरीले भनेका थिए ‘दुई दुई पटक पुननिर्माण प्राधिकरणले अर्थमन्त्रालयमा सहमति माग्दा पनि सडकको निर्माण प्रक्रिया शुरु गर्न टेण्डर रोकिएको छ ।’

सडक १० किलोमिटर लामो छ । कुल लागत लगभग २२ करोड रुपैयामा निर्माण सम्पन्न हुने गरी डिपिआर समेत तयार भईसकेको छ ।
गत बर्ष पनि प्राधिकरणले डिपीआर स्विकृत गरि आयोजना अघि बढाउन अर्थ मन्त्रालय संग सहमति मागेको थियो तर अर्थ मन्त्रालयले स्विकृत नदिएका कारण टेण्डर आब्हान हुन सकेको थिएन ।

सडक निर्माण प्रक्रियाको विषयमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले पनि पटक पटक मन्त्रालयका कर्मचारीको ध्यानाकर्षण गराउँदै आएका थिए । तिमिल्सीनाले सडक निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिदै सडक निर्माणको लागि आवश्यक प्रक्रिया पुरा गर्ने गरी काम बढाउन कर्मचारी र सरकार सम्बद्ध निकायलाई अनुरोध गर्दै आएका थिए । पर्वतका विभिन्न कार्यक्रमहरुमा समेत अध्यक्ष तिमिल्सीनाले उक्त सडक खण्डको काम जसरी पनि अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्तगर्दै आएका थिए ।

सडक निर्माण प्रक्रिया अगाडि बढ्ने भएपछि माझफाँट र बाँसखर्कबासी भने खुशी भएका छन । जलजला १ का वडा अध्यक्ष तुलसी रेग्मीले निर्माण प्रक्रियाको लागि सहयोग गर्ने राष्ट्रिय सभा अध्यक्ष र सांसदलाई धन्यवाद ब्यक्त गरे ।

प्रदेशकै उत्कृष्ट सुन्तला पकेट क्षेत्र मानिएको बाँसखर्कका सुन्तला ढुवानीका लागि सडक कालोपत्रे हुँदा थप सहज हुने देखिन्छ । सडक कालोपत्रेका लागि स्थानीयबासीले पटक पटक माग गर्दै आईरहेका थिए ।

यो भिडियो पनि हेरौं