Print

पर्वतको कुर्घाकी अविवाहित युवती, जसले बच्चा जन्माएर कुलोमा बगाईन

२३ भदौ, पर्वत । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतमा एक कुमारी आमा पक्राउ परेकी छन ।

पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत ती युवतीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको हो ।
शिशु जन्माएर हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवतीले गएको सोमवार राती आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको पानीको नहरमा फालेको प्रहरीले जनाएको छ । बच्चा जन्माएर हत्या गरि फालेको दुई दिन पछि प्रहरीले महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी महिलाका बारेमा अहिले अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

ती युवतीले अबैध गर्भधारणबाट जन्मेको बच्चालाई हत्या गरि नहरमा बगाएको प्रारम्भिक बयानमा खुलेको छ । उक्त बच्चा कस्को हो भन्ने खुलिसकेको छैन । सोही स्थानमा गत वर्ष पनि बच्चा जन्माएर माटोले पुरिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।