Print

स्थानिय तहले वनाएका निति नियम लागू गर्दा प्रहरी प्रशासनको हस्तक्षेप : अध्यक्ष मल्ल


१७ भदौं पर्वत । सुन्दरडाडा आमा समुहले आफ्नै भवन निर्माण गरेको छ । जलजला गाउँपालिकालगायत विभिन्न ब्यक्ति तथा संघसंस्थाको सहयोगमा भवन निर्माण भएको हो । भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण ) ले शनिबार उद्घाटन गरेका छन् । समुहले भवन उद्घाटनसँगै दरखाने कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भवन निर्माणमा लगानी गरेपछि त्यसबाट लाभ लिनसक्नुपर्ने बताए । उनले गाउँमा लाखौका भवन बन्ने गरेको तर त्यसबाट उचित लाभ लिन नसकेकोप्रति सचेत गराउँदै महिलाहरु समुहमा आबद्ध भएपछि सामुहिक रुपमा आयआर्जनका काममा सक्रिय हुन आग्रह पनि गरे । उनले सबैलाई समेटेर आयआर्जनको कार्ययोजना ल्याएमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

सविधानमा स्थानिय सरकारले स्थानिय श्रोत साधानलाई अधिकतम परिचालन गरि स्थानिय विकासमा योगदान गर्ने उल्लेख भएता पनि गाउपालिकाले निति नितिनियम वनाई वातावरणीय प्रभाव मूल्याडकन गरि लागू गरेका स्थानिय कार्यमा प्रहरी प्रशासन लगाएर स्थानिय सरकारको अधिकार क्षेत्रको हस्तक्षेप गरेकोमा दूख प्रकट गरेका छन् । उनले कालिगण्डकीमा वगेर जाने गिटी,ढूड्गा वालूवाको वातावरणीय प्रभाव मूल्याड्कन गरि लागू गरेको कार्यआदेश तथा ठेक्का संझौतामा प्रहरी प्रशासनले दूख दिएको प्रसड्ग कोट्याउदै यस्तो वताएका हून ।

यदि स्थानिय तहले गरेका निर्णय लागू नहूनेहो भने किन स्थानिय सरकार भन्नू पर्यो । संविधानमा नवाझिने गरि वनाएका नितिनियम लागू गर्दा व्यवसायीकोमा प्रहरी प्रशासन गएर अवरोध हून्छ भने कसरी स्थानिय तहको विकास गर्न सकिन्छ ,कसरी स्वतन्त्र हिसावले व्यवसायीले व्यवसाय गर्न सक्दछन् त्यस तर्फ संघिय,प्रदेश सरकार र स्थानिय प्रशासनले ध्यानदिन जरुरी छ ।

स्थानिय तहमा हुने विकास तथा शान्ति सूरक्षामा स्थानिय सरकारले हातेमालो गरेर अगाडी वढ्न चाहेको तर प्रयाप्त मात्रमा स्थानिय प्रशासन वाट सहयोग नपाएको गूनासो गरे । स्थानीय तहका अधिकार संघ, प्रदेश र सुरक्षा निकायबाट दुरुपयोग र हस्तक्षेप हुने गरेको पनि उनले बताए । कर बढाउने भन्दा वातावरणीय प्रभाव नपर्ने र कुनैपनि बासिन्दालाई असर नपर्नेगरी स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर आम्दानी बढाएर विकास निर्माणका काम गर्ने योजना बनाएपनि प्रदेश सरकार र प्रहरीले अबरोध पु-याउने काम गरेकोमा अध्यक्ष मल्लले चिन्ता ब्यक्त गरे ।

‘अन्यत्र चर्को कर उठाइएको छ स्थानीय तहमा तर हामीले जनतालाई चर्को कर होइन, कसैलाई पनि असर नगर्नेगरी स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दा आउने आम्दानी जनताकै आवश्यकतामा खर्च गरेर काम गर्ने प्रयास गर्दा अबरोध भइरहेको छ’ उनले भने । जलजला गाउँपालिका आन्तरिक स्रोतसाधनका साथै आलु, सुन्तला, जडीबुटीलगायतमा निकै नै सम्भावना भएको र गाउँपालिकाले त्यही सम्भावनालाई अधिकतम उपयोग गर्ने नीतिमा अगाडी बढेको पनि बताए ।

कार्यक्रममा जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्री, वडा नम्बर ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी, जिल्ला समन्वय समिति पर्वतका सदस्य यामबहादुर जिसी, नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति टिकाराम सुवेदी, जलजलाका सभापति चन्द्रबहादुर जिसी, काँग्रेस नेता गोबिन्द पौडेललगायतले बोलेका थिए । सुन्दरडाडा आमा समुहका अध्यक्ष शान्ति रेग्मीले नयाँ भवनमा समुहले आयआर्जनका गतिविधि अगाडी बढाउने जानकारी दिइन ।