Print

जिल्ला अदालत पर्वतमा ६ दिनमा ७ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता, ५ वटा मुद्धा पत्नि विरुद्ध पतिद्धारा दर्ता

७ भदौ, पर्वत । मुलुकी संहिता २०७४ लागु भएपछि जिल्ला अदालत पर्वतमा सम्बन्ध विच्छेदका घटना दर्ता हुने क्रम उच्च गतिमा अघि बढेको छ । नयाँ कानूनले पतिले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानून प्रावधानसंगै ६ दिनमा ७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन ।

७ मुद्धा मध्ये ५ वटा मुद्धा श्रीमानले श्रीमती विरुद्ध दिएका छन ।

बाँकी २ वटा भने श्रीमतीले श्रीमान विरुद्ध दिएका छन । यस अघिको कानूनमा पत्निले सम्बन्ध विच्छेद गर्न चाहे मात्र पति र पन्ति वीचको सम्बन्ध विच्छेद हुन सक्ने प्रावधान थियो । उक्त प्रावधान मूलूकी ऐन संहिता २०७४ ले परिमार्जन गरेर पतिले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानून ब्यवस्थासंगै भदौ महिनाको पहिलो साता नै सम्बन्ध विच्छेदका घटना बढेका हुन ।

जिल्ला अदालतले दिएको जानकारी अनुसार नयाँ कानून ब्यवस्था अनुसार दर्ता भएको पहिलो मुद्धा नै सम्बन्ध विच्छेदको हो । यो संगै भदौ ६ गतेसम्म ७ वटा मुद्धा दर्ता भएका छन । ति सवै सम्बन्ध विच्छेदका हुन । मुद्धा दर्ता गर्ने दर पत्निको भन्दा पतिको धेरै देखिन्छ ।