२९ साउन, पर्वत । यतिबेला पर्वत जिल्ला अस्पतालकी डा हेमा छन्त्यालको कुशलताको प्रशंसा चरमचुलीमा छ ।
सामाजिक सन्जाल फेसबुुक तथा सन्चार माध्यमहरुमा व्यापक चर्चा पाएको एक प्रसुती घटनाले धौलागिरी अन्चल अस्पतालका डाक्टरहरुको क्षमता माथि गम्भीर प्रश्न उत्पन्न भएको छ भने अर्को तिर पर्वत जिल्ला अस्पतालकी डाक्टर छन्त्यालको हिम्मत सहितको कार्य कुशलताले सबैको हाईहाई पाएको छ ।
श्रोतका अनुसार गत शुक्रबार बागलुङ नगरपालिका ८ सिगाना बेथीकी सरस्वती जीसी आफ्ना श्रीमान शंकर जीसी सहित प्रसुतीका लागि धौलागिरी अन्चल अस्पताल आएकी थिईन । उनलाई यहाँ प्रसुती गराउन नसकिने भनी पोखरा रिफर गरेपछी उनलाई डेलिभरीका लागि ट्याक्सीमा पोखरा लिएर जाँदै गदा पोखरा बागलुङ राजमार्ग अवरुद्ध भएपछी प्रसुती बेदनाले छट्पटाई रहेकी जीसीलाई फर्काएर पर्वत जिल्ला अस्पताल लगियो ।
त्यहाँपनि प्रसुती गराउन आवश्यक उपकरण नभएपछी त्यहा कार्यरत डाक्टर हेमा छन्त्यालले बेनी अस्पतालमा फोन सम्पर्क गरी प्रसुतीका लागि आवश्यक उपकरण तयार पार्न लगाई प्रसुती बेदनाले छटपटाई रहेकी जिसीलाई स्वयं साथै लिएर बेनी पुगिन् र हिँजो आईतवार डेलिभरी गराईन । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पताल श्रोतले बताएको छ ।
बेला वखतमा पर्वत जिल्ला अस्पतालको विषयमा टिकाटिप्पणी हुने गरेका छन । उपचार र ब्यवस्थापकीय पक्षको विषयमा हुने गरेका यस्ता टिप्पणीहरुका वीचमा डा. छन्त्यालले गरेको साहसीक र अनुकरणीय कामको भने यतिबेला चर्चा शुरु भएको छ । विषय विषज्ञता भएका स्वास्थ्यकर्मीहरु रहेका जिल्ला अस्पतालमा ति स्वास्थ्यकर्मीहरुको सही परिचालन गर्न सकेको खण्डमा पर्वत जिल्ला अस्पताल साविक धौलागिरी अञ्चलको उत्कृष्ट अस्पताल बन्न सक्ने देखिन्छ ।




