१४ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका २ अर्मादीमा बस र माइक्रो आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। बागलुङबाट पोखराको लागि छुटेको ग १ ज ६३०२ नम्बरको यात्रुबहाक माइक्रो र पोखराबाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नम्बरको बस आपसमा ठोकिएका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटका अनुसार घाइते भएका सबै जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ।
साँघुरो र घुम्ती रहेको स्थानमा दुवै सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिए।
घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ भने अन्य ८ जनाको अवस्था मध्यम छ। प्रहरीका अनुसार चालकसहित अन्य २ जनालाई अनुहार र खुट्टामा गम्भीर चोट लागेका छ। दुर्घटनामा परेका दुवै सवारीलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको छ। थाहा खबरबाट




