१४ साउन, पर्वत । स्वास्थ्य स्वयमसेवीकाहरु संगठित भए नेपाल टेड यूनियन महासंघ (जिफण्ट), कुश्मा नगर कमिटिले कुश्मा क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुको साझा हितका लागि काम गर्ने उद्धेश्यका साथ नेपाल स्वास्थ्य स्वयमसेवी संघ गठन गरेको छ ।
गठन कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी पर्वतका नेता गोविन्द पहाडीले अझै पनि केहि सरकारी, नीजि तथा अन्य क्षेत्रमा काम गर्ने कामदार, कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पाउन नसकेको भन्दै यसका लागि सवै क्षेत्रमा रहेका मजदुरहरुलाई एकतावद्ध हुन सुझाव दिनुभयो ।
समाजले कम महत्व दिने गरेको भएपनि मुलुक निर्माणमा श्रम क्षेत्रको विशेष भूमिका रहेको भन्दै नेता पहाडीले अव समाजलाई समाजवाद तर्फ अग्रसर गराउनका लागि सवै पक्षलाई सम्मानका साथ संगसंगै हिड्ने वातावरवण बनाउनुपर्ने र काम लगाउने निकाय वा प्रतिष्ठानले स्वास्थ्य उपचार र बीमाको अनिवार्य व्यवस्था गर्नुपर्ने नीति लागु गर्ने पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदार नाथ शर्मा, उपाध्यक्ष ठाकुर वि पौडेल, क्यूपेक केन्द्रिय सदस्य बलदेवी राई, जिफण्ट प्रदेश युवा सदस्य प्रमिला शर्मा, यातायात समितिका धनबहादुर बुढा, कुनपा वार्ड नं. १ का वार्ड अध्यक्ष देवेन्द्र सुवेदी, जिफण्ट प्रदेश सदस्य रमा श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
भेलाले सावित्री गौतम अर्यालको अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन गरेको छ । भेला कार्यक्रमको सञ्चालन जिफण्ट कुश्माका सचिव सिता माझीले र अध्यक्षता जिफण्ट कुश्मा कमिटिकी अध्यक्ष खगेश्वरी शर्माले गर्नुभएको थियो ।




