Print

मोदीमा एक महिला र कुश्मामा एक पुरुष मृत अवस्थामा फेला

५ साउन, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजार नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन ।

कुश्मा नगरपालिका वडा न २ वस्ने बर्ष ६७ का बलबहादुर नेपाली कुश्मा नगरपालिका वडा न २ अर्मादी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहारकी ६८ बर्षिया धनकुमारी लामिछाने पनि मृत अवस्थामा फेला परेकी छिन ।

उनी मोदी ६ तिलाहार स्थित मोदी खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी शनिवार विहान घरबाट हराइएकी थिइन ।

खोजतलासको क्रममा उनी मोदी खोलामा फेला परेकी हुन ।

मृत अवस्थामा फेला परेका दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।