१३ असार, पर्वत । कालीगण्डकी नदीको कटानबाट उच्च जोखिममा रहेको जिल्लाको जलजला गाउँपालिका अन्तर्गत वारीवेनीको वस्ती संरक्षण गर्ने सांसद पदम गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन ।
जलजलगाको वारीवेनीको खानेपानी भवन शिल्यान्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गिरीले सधै जोखिममा रहेको वस्ती संरक्षण गर्न पहल गर्ने आफ्नो पहिलो दायित्व रहेको औल्याए ।
दुई दिन अघि मात्रै प्रतिनिधि सभाको वैठकको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै सांसद गिरीले नदी कटान रोक्न यथेच्ट बजेट विनियोजन गर्न केन्द्रिय सरकारसंग माग गरेका थिए ।
गिरीले वर्षायाममा उल्र्लर्ने कालीगण्डकीले बर्षेनी नदी तट कटान गर्दै जाँदा पनि त्यसको दिर्घकालीन संरक्षणमा सरकारको विशेष ध्यान नगएको भन्दै केहि बर्षमै नदी कटान रोक्ने गरी काम हुने समेत बताए ।
म्याग्दी जिल्लाको खण्डमा नदी नियन्त्रणका ठूला प्रयासहरु भईरहदा पर्वत खण्डमा भने बजेट अभावमा काम हुन नसकेको भन्दै गिरीले आगामी बर्षको ५५ लाख पनि अझै कम भएकाले रकम थप गर्न आफूले थप पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
‘अर्थ मन्त्रीलाई भेटेर रकम कम भयो भनेको छु’ गिरीले भने–‘कालीगण्डकीले धेरै बस्ती जोखिममा पारेको छ ।’ वारीवेनीको वगरफाँट, लामाखेत लगाएतका स्थानमा बाक्लो बस्ती भएकाले उक्त वस्ती अझै धेरै जोखिममा रहेको गिरीले बताए ।
कालीगण्डकी नदीका कारण पर्वत खण्डका अधिकांश बस्तीहरु सधै जोखिममा छन । नदी कटान रोक्न सरकारले यथेच्ट प्रयास अहिलेसम्म गरेको छैन ।




