१२ असार, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित नव जागृत उच्च माध्यामिक विद्यालयले यस पटकको एसइईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएको छ।
लगातार ६ वर्षदेखि पर्वत जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको उक्त विद्यालयले उत्कृष्ट नतिजा ल्याएको हो।
अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने उक्त विद्यालयबाट ८० जना विद्यार्थी एसइइमा सहभागी भएका थिए। जसमध्ये ३६ जना विद्यार्थीले जिपिए ३.६ भन्दा माथि ल्याउन सफल भएका छन्। १४ जान विद्यलर्थीले जिपिए ३.२, २४ जनाले २.८ र ६ जनाले २.४ जिपिएभन्दा माथि ल्याउन सफल भएका छन्। जिपिए ३.६ भन्दा माथि ल्याउने मध्ये ६ जनाको ३.९५ रहेको छ भने १० जनाको ३.९ रहेको छ।
चार नम्बर प्रदेशकै शैक्षिक हब बनाउने उद्देश्यले अगाडि बढिरहेको विद्यालयलाई एसइईको नतिजाले त थप हौसला पुगेको छ ।
शिक्षक, विद्यार्थी, अभिभावक सबैको सहयोगमा यो नतिजा ल्याउन विद्यालय सफल छ । विद्यालयको वातावरणले आफूहरुलाई सिकाइका लागि सधैं पे्ररित गरेको र शिक्षकहरुले सधैं हौसला प्रदान गरेको एसइईमा ३.९५ ल्याउन सफल विद्यार्थी अनिल पौडेलले बताए।




