Print

एसइइ परिणाम : पर्वतकी अञ्जली र सृष्टिको नतिजा देशकै उत्कृष्ट

११ असार, पर्वत । यस बर्षको एसइइ परिक्षामा पर्वतबाट एसइइमा सहभागी कुश्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरी र कुश्माकै नमुना आवासीय माविकी सृष्टि पौडेलले उत्कृष्ट नतिजा निकालेका छन ।

उनीहरुले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका हुन ।

एसइइ परिक्षाको नतिजको अन्तिम अंक नै ४ जिपिए हो । अंकका आधारमा दुवै छात्राले देशकै उत्कृष्ट नतिजा ल्याएको दावी गरिएको छ ।

उत्कृष्ट अंक ल्याउने दुवै जना नीजि विद्यालयका छात्रा हुन ।