४ जेठ, पर्वत । पर्वत गुरुकुल अंग्रेजी आवसिय माद्ययामिक विद्यालयले आफ्नो ११ औ बार्षिक उत्सवका अवसरमा विद्यालय स्तरीय विभिन्न कार्यक्रम समपन्न गरेको छ ।
विद्यालयले उत्सवका अवसरमा शैक्षिक सत्र २०७४ मा सम्पन्न भएको बार्षिक परिक्षाका प्रथम,द्धितीय,तृतिय र सन्तवना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको हो ।
११ औं बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले नाट्क,नृत्य,गायनकला प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक राजकुमार शर्माले सो अवसरमा बोल्दै आगामी शैक्षिक सत्रवाट कक्षा ११ र १२ सम्मका कक्षाहरु सञ्चालन गरेर अध्यापन गराउने वताए । सो अवसरमा विद्यालयका भाईस प्रिन्सिपल उज्वल अधिकारी,शिक्षक राम श्रेष्ठले पनि बोलेका थिए ।
पर्वत गुरुकुल अंग्रेजी आवसिय माद्ययामिक विद्यालयका प्रिन्सिपल राजकुमार शर्माको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।
उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्धय हिरामणी शर्मा र लाल बहादुर क्षेत्रीले गरेको विद्यालयले जानकारी दिएको छ ।




