४ जेठ, पर्वत । कालीगण्डकी नदीमा जलाशयुक्त आयोजना बन्ने सम्भावना बलियो बन्दै गएको छ ।
आयोजना सञ्चालनका लागि संघिय सांसदहरुले समेत अर्थ मन्त्रीले आयोजना सञ्चालन गर्न सम्भव भएको भन्दै आयोजना कार्यान्वयनको प्रक्रियामा लैजानमा माग गरेका छन ।
जेठ २ गते अर्थ मन्त्री युवाराज खतिवडालाई लिखित पत्र दिदै पर्वटबाट निर्वाचित संघिय सांसद पदम गिरी, बागलुङ १ बाट निर्वाचित संघिय सांसद डा. सूर्य पाठक र बागलुङ २ बाट निर्वाचित सांसद देवेन्द्र पौडेलले आगामी बजेटमा उक्त आयोजनाका लागि रकम विनियोजन गर्न माग गरेका छन ।
लिखित पत्र दिँदै सांसद त्रयले प्रदेश न ४ को बागलुङ र पर्वतबाट बगिरहेको कालीगण्डकी नदीमा जलपर्यन, विद्युत उत्पादन तथा सिंचाईका लगाएत बहुउद्देश्यीय दृष्टिकोणले आयोजना सञ्चालन गर्न सम्भव रहेको उल्लेख गरेका छन ।
सांसदहरुले अर्थमन्त्रीलाई पेश गरेको पत्रमा कालीगण्डकी बहुउद्देश्यीय आयोजना नामाकरण गरी आगामी नीति, बजेट तथा कार्यक्रममा उक्त आयोजनाको सम्भाब्यता अध्ययनका लागि रकम विनियोजन गर्न माग गरेका छन ।
कालीगण्डकी नदीमा स्याङजा जिल्लाको मिर्मिमा सञ्चालन गरिएको देशकै ठूलो जलविद्युत आयोजनाबाट जलयात्राका पर्यटनहरुको समेत सम्भावना बढेकाले पर्वतको कुश्मा, फलेवास र विहादी क्षेत्र तथा बागलुङ क्षेत्रलाई समेत प्रभावित हुने गरी आयोजना कार्यान्यवन गराउने आफूहरुले माग गरेको सांसद पाठकले बताए ।
पर्वतबाट निर्वाचित सांसद गिरीले जलासयुक्त आयोजना सञ्चालन गर्दा दुवै जिल्लाको पर्यटन प्रवद्र्धन र सिंचाईको क्षेत्रमा समेत सहयोग पुग्ने दावी गरे ।
उनले ठूलो जलविद्युत सञ्चालन गर्दा देशको उर्जा संकट पनि न्यून हुने भएकाले आफूहरुले उक्त आयोजना कार्यान्वयनको महत्वका बारेमा अर्थ मन्त्रालयमा विफ्रिङ गरेको जानकारी दिए ।
यस अघि उक्त आयोजना कार्यान्वयन गर्न नेकपा एमाले पर्वतको संघिय मामिला विभागले समेत माग गरेको छ । यसैगरी पर्वत र बागलुङका स्थानीय तहका प्रमुखहरुको वैठकले समेत आयोजना कार्यान्वयन गर्न माग गरेको छ ।
स्थानीय स्तरबाट पनि ठूला आयोजनाहरु पर्वत र बागलुङमा भित्राउँदा यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने अपेक्षा गरेका छन ।




