१५ वैशाख, पर्वत । शिक्षा सचिब खगराज बराल पर्वतको एक बालकको अभिभावक बनेका छन् । पर्वतको मोदी गाउँपालिका ६ तिलाहार स्थित नव जागृत माध्यामिक विद्यालयमा एक बालकलाई भर्ना गराएर उनले अभिभावकत्व ग्रहण गरेका हुन् ।
स्थानीय विनोद लामिछाने र राधिका लामिछानेका ५ वर्षिया छोरा विवस लामिछानेलाई १ कक्षमा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।
सो अवरमा उनले हरेक बालबालिकाको पढ्न पाउने अधिकारको रक्षा गर्न सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउने अभियान चलाएको बताउँदै यसमा सहयोग गर्न सबैलाई अपिल गरे ।
सोही अवसरमा मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले पनि एक बालकलाई अभिभावकत्व दिएका छन् । उनले सुमित लामिछाने तथा कोपीला लामिछानेका छोरा समित लामिछानेलाई १ कक्षामा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।
त्यस्तै शिक्षा विभागका उप निर्देशक नारायण प्रसाद सुबेदीले स्थानीय गणेश जिसी र सम्झना जिसीका छोरा सभ्य जिसीलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । साथै सोही अवसरमा मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले बिरेन्द्र केसी र शान्ति केसीका छोरा अन्जान केसीलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।
यसअघी सोही विद्यालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना, मोदी गाउँपालिका ६ का वडाअध्यक्ष बिमल लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र जंग लामिछानेले पनि सोही विद्यालयमा विद्यार्थी भर्ना गराएर अभिभावकत्व ग्रहण गरिसकेका छन् ।




