१५ चैत, पर्वत । पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा मंगलबार ट्रकले ठक्करबाट गम्भिर घाइते भएका युवा ब्यवसायी प्रकाश पौडेलको उपचारको क्रममा मृत्यु भएकोछ।
पर्बतको कुश्मा नगरपालिका १० वितलव स्थाई घरभई पोखराको जाल्पारोडमा एस.पी किराना स्टोर्स सञ्चालन गर्दै आएका पौडेललाई मंगलबार बिहान पोखराको पुम्दी भुम्दीमा ग१क २०२४ नम्बरको ट्रकले उनी सवार ग१०प ६५६८ नम्बरको स्कुटरलाई ठक्कर दिई घाइते बनाएको थियो।
ट्रक ठक्करबाट घाइते भएका बर्ष ४३ का पौडेलको अवस्था गम्भिर भएपछि उनको थप उपचारका लागि काठमाण्डौ स्थित मेडिसिटि अस्पताल लगिएको थियो ।
घाइते पौडेलको उपचारका क्रममा राती करिब २ बजे मृत्यु भएको उनका आफन्त रामहरी रेग्मीले जनानकारी दिए।
पौडेल परिवार सहित पोखराको जाल्पारोडमा एस.पी किराना स्टोर्स सञ्चालन गरेर बस्दै आइरहेका थिए ।
ठक्कर दिने ट्रक र चालकलाई वडा प्रहरी कार्यलय बैदाममा राखिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




