Print

पर्वतको भुकदेउरालीमा आगलागी, एक घर जलेर नष्ट, आगो नियन्त्रणको प्रयास जारी

१२ चैत, पर्वत । मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेका वडा सदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ ।

भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा साँझ साढे सात बजे आगो लागेको हो ।

राती पौने १० बजेसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको र घरमा भएको कुनैपनि सामान निकाल्न नपाएको वडा अध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।

पौडेलको घरमा उनकी आमा बिष्णुमती पौडेलले किराना पसल समेत चलाउदै आएकी थिइन् ।

उक्त पसलसमेत डढिसकेको छ ।

आगलागीमा सबै गरी १५ लाख बढी क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताए । अहिले स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।