३० फागुन, पर्वत । कुश्मा नगरपालिका–१२ का मिलन पौडेलले विवाहमा गरिने खर्च कटाएर विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन्।
उनले ठूलीपोखरीको जनता सुदर्शन माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।
पौडेल भन्छन, ‘मैले खर्च घटाउँदा कसैको जीवनमा प्रेरणा मिल्छ भने अनावश्यक भोज भतेरमा भन्दा त विद्यालयलाई सहयोग गर्नमा नै मज्जा।’
रोट्रयाक्ट क्लब अफ पर्वतका पूर्वअध्यक्ष पौडेलले रोट्रयाक्ट सप्ताहको अवसर पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताए।




