अनलाइन सुचनाको माध्यमबाट समाचार सम्प्रेषण मार्फत जनतालाई सुसुचित गर्ने अभियानका साथ गत बर्ष देखि पर्वतको कुश्मामा प्रधान कार्यालय रहने गरी सञ्चालन गरिएको पर्वत न्यूज डटकम आजबाट दोस्रो बर्षमा प्रवेश गरेको छ ।
पहिलो एक बर्षको सिकाई, भोगाईले आगामी बर्षहरुमा पत्रकारीताको धर्म, कर्म र मर्म बमोजीम आफूलाई परिष्कृत, परिमार्जीत र संश्लेषित गर्ने गरी अनलाइन पत्रकारीतालाई सम्भ र मर्यादीत बनाउने कुरामा हाम्रो पहल सधै नै भईरहनेछ ।
प्रदेश न ४ को पर्वत जिल्ला आफैमा सानो जिल्लामा पनि हो । देशकै सानो जिल्लाहरुको सुचिमा पर्ने यो जिल्लामा प्रधान कार्यालय रहने गरी अनलाइन पत्रकारिता शुरु गर्नु, सञ्चालनमा ल्याउनु आफैमा चुनौति पूर्ण पनि छ ।
यो अवधिमा मुख्य गरी विज्ञापन, सुचना र आम्दानीमूलक यात्रामा भन्दा अनलाइन पत्रकारीतालाई ब्यवस्थित बनाउँदै स्थानीय स्तरका खवरहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुराउने काममा हामी जुट्यौ । छिटो तर तथ्यपरक खवर पस्कनमा हाम्रो प्रयास भईरह्यो ।
हामीले हामीलाई जिम्मेवार बनाउन सञ्चालनको पहिलो बर्षमै नेपाल सरकार र राज्यको कानून बमोजीम आफूलाई अनुबन्दीत गरी राज्यको कानूनको दायरामा हामी उभिएका छौं ।
छिटो खवर सम्प्रेषण गर्ने वर्तमान प्रतिस्पर्धाको समाजमा हामीले कहिले काहि हामी आफैलाई सम्पादन गर्न समेत यो अवधिमा हामी बाध्य रह्यौ, तर हाम्रो विश्वास, हाम्रो चाहना तथ्यमा आधारित सन्तुलित खबर सम्प्रेषणको कार्यभारबाट हामी कहिल्यै विचललित भएनौं ।
ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रता, पत्रकारिताको मर्यादा, पत्रकारिता आचारसंहिताको परिधिलाई सधै आत्मसाथ गर्दै पाठकहरुको चाहना, रुचि र समायानूकुल सुचनाहरु पस्कने प्रयासमा हाम्रो यात्रा जारी रह्यो ।
खवरहरुको क्षेत्रमा आर्थिक खबर हाम्रो प्राथमिकताको खबर हो । संघियतामा प्रवेश गरेको आधुनिक नेपाल निर्माणको लागि देशमा आर्थिक परिर्वतनको जरुरी देखेर हामीले हाम्रो सवै खवरलाई अर्थ मैत्री र आर्थिक उन्नतीमा केन्द्रित गरिरहेका छौं ।
यो अवधिमा अनलाइनमा समाचार पढेर, देश, विदेशबाट हामीलाई प्रतिक्रिया दिने, सुझाब दिने, अनलाइन सञ्चालनमा सहयोग गर्ने सवै प्रति हामी अनुग्रहीत छौं । अनलाइन संस्करणलाई मेहनतका साथ निकै कम शुल्कमा प्राविधिक सहयोग गर्ने संस्था धौलागिरी आइटि र समाचार उपलब्ध गराएर सहयोग गर्ने पत्रकार साथीहरु साथै सवै मिडियाहरु प्रति कृतज्ञता ज्ञापन गर्दछौं । हामी सधै सकारात्मक सुझाबलाई ग्रहण गर्दै आफूलाई परिकृष्त बनाउदै, हामीलाई विश्वसनीय बनाउने प्रण पनि गर्दछौं । – सम्पादक




