२१ माघ, पर्वत । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको मुनाफा गतवर्षको सो अवधिको तुलनामा ७४ दशमलव ९० प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।
यो अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।
जुन गतवर्षको सो अवधिको तुलनामा १२ दशमलव २५ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो ।
गत आर्थिक वर्षको मुनाफाबाट ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको युनाइटेडको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २० पैसा, प्रतिशेयर कुल सम्पत्तीको मुल्य १९७ रुपैयाँ १० पैसा रहेको छ ।
दोस्रो बजारमा ५७ दिन कारोबार भएको यस कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता २३८ रुपैयाँ रहेको छ ।
यो समाचार हामीले आर्थिक न्यूज अनलाइनबाट लिएका हौ




