Print

कर्मचारीको सम्मान ग्रहण गर्दै पर्वतका जनप्रतिनिधिले भने–‘देश निर्माणमा कर्मचारीको महत्वपूर्ण भूमिका छ’

२१ माघ, पर्वत । जिल्लाबाट ३ वटै तहमा निर्वाचित जनप्रतिधिहरुलाई निजामति कर्मचारीहरुले सम्मान गरेका छन ।

शनिवार एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरुले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन ।

नेकपा एमाले र माओवादी केन्द्रको गठनबन्धनका कर्मचारीहरुले आयोजना गरेको कार्यक्रमामा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश सभा सदस्य विकास लम्साल, जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवासका प्रमुख पदमपाणी शर्मा र महाशिलाका प्रमुख राजुप्रसाद पौडेललाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै निजामित कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लेखनाथ कोइरालाले देश विकासका गतिमा अगाडि बढेकोले कर्मचारीहरुको पूर्ण सहयोग जनप्रतिनिधिलाई रहने विश्वास दिलाए ।

उनले कर्मचारी समायोजन विधेयक पास नहुँदा स्थानीय तह र प्रदेशमा कर्मचारीको खटन पटनमा समस्या सृजना रहेको भन्दै राजनैतिक दलहरुमा कर्मचारीतन्त्र प्रति सकारात्मक बन्न अनुरोध गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले पार्टी एकता जस्तो महत्वपूर्ण विषयमा हतार गर्न नहुने बताए । उनले पार्टी एकता नचाहने तत्वहरुबाटै पार्टी एकताको विषयमा चर्को कुरा उठाएको बताए ।

एमाले र माओवादी निकट निजामति कर्मचारीहरुले आयोजना गरेको उक्त कार्यक्रममलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले देश निर्माणको समान भूमिका कर्मचारीहरुको पनि रहेकोले जनप्रतिनिधि र कर्मचारी वीच सुमधुर सम्बन्ध स्थापीत गरेर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश सभा सदस्य विकास लम्साल, जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवासका प्रमुख पदमपाणी शर्मा र महाशिलाका प्रमुख राजुप्रसाद पौडेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

संगठनका जिल्ला अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजप्रसाद सुवेदीले गरेका थिए ।

कार्यक्रमको आयोजना एमाले निकट नेपाल कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले गरेका थिए ।