Print

कालीगण्डकी करिडोरको पर्वत खण्डमा यसरी भईरहेको छ, ट्रयाक खोल्ने काम

८ माघ, पर्वत । कालीगण्डकी करिडोरको पर्वत खण्ड अन्तर्गत फलेवास नगरपालिकाको मुडिकुवा क्षेत्रमा ट्रयाक्क खोल्ने काम भईरहेको छ । फलेवासको मुडिकुवा देखि कुश्माको मोदीवेणी जोड्ने गरी नयाँ ट्रयाक्क खोल्ने काम भईरहेको छ ।

उक्त खण्डमा अझै झण्डै ५ सय मिटर नयाँ ट्रयाक्क खोल्ने काम बाँकी छ ।

ट्रयाक्क खोलिएसंगै मुडिकुवा देखि मोदीवेणीसम्मको काम पुरा हुन्छ । उत्तरको चिन र दक्षिणको भारत जोड्ने राष्ट्रिय महत्वको आयोजनाले दुई खण्ड गरी काम गरेको छ ।

बागलुङ खण्ड अन्तर्गत मिर्मि देखि बागलुङ खण्ड हुँदै मालढुंगासम्मको काम भईरहेको छ भने पर्वत खण्ड अन्तर्गत मिर्मिदेखि फलेवास कुश्मा हुँदै मालढुंगासम्मको खण्डमा पनि काम भईरहेको छ ।

जिल्लाका जनप्रतिनिधिहरुको वेवास्ताका कारण रुट परिर्वतन भएको करिडोरको पर्वत खण्डमा विनियोजन भएको रकम खर्च गर्न नसक्दा निर्माण कार्य मन्द गतिमा अघि बढेको हो ।

करिडोरका प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वत खण्ड पुरा भएपछि बागलुङ खण्ड भन्दा झण्डै ३० किलोमिटर सडकको यात्रा पर्वत खण्डमा छोटो पर्नेछ । गुल्मी देखि बागलुङसम्म झण्डै ८३ किलोमिटर सडक छ ।

पर्वत खण्डमा भने मिर्मिदेखि कुश्मासम्म झण्डै ५० किलोमिटर सडक निर्माण हुँदैछ ।

योसंगै दक्षिणी भारत पुग्नका लागि पर्वत खण्डको निर्माण कार्य पुरा भएमा उत्तर चिनबाट आउने सवारी साधनहरु पर्वत खण्ड हुँदै सञ्चालन हुनेछन । भण्डारी भन्छन ‘बजेट भने पर्वत खण्डमा भन्दा बागलुङ गुल्मी खण्डमा बढि छ ।’

पहुँचले करिडोरको सडक काली पारी गएपनि दुरीको हिसावले पर्वत खण्डमा थोरै पर्छ । यो खण्डमा सवारी नियमित सञ्चालन हुँदा यात्राको दुरी छोटिनेछ । जसले गर्दा उत्तर दक्षिणको यात्रा थप सहज हुने विश्वास लिन सकिन्छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्ड अन्तर्गत फलेवास नगरपालिकाको मुडिकुवा क्षेत्रमा ट्रयाक्क खोल्ने काम

पर्वत खण्डको कालीगण्डकी करिडोरको कामलाई दु्रत गतिमा अगाडि बढाउने योजनाको विषयमा छलफल भईरहेको नवनिर्वाचित सांसद पदम गिरीले बताएका छन ।

करिडोरसंग पर्वतबासीको भविश्य जोडिएको भन्दै केन्द्रिय सरकारबाट यथेष्ट बजेट विनियोजन गरी द्र्र्रूत गतिमा कामलाई अगाडि बढाउन आफूले पहल गर्ने दावी गर्दै आएका छन ।

अर्को सांसद नेत्रनाथ अधिकारीले कालीगण्डकी करिडोरको कामलाई गति दिन निर्माणको जिम्मा नीजि क्षेत्रलाई नदिने गरी प्रदेश सभामा आफूले भूमिका खेल्ने बताएका छन ।

सांसद विकास लम्सालले भने नीजि क्षेत्रकै प्रयास र पहलमा करिडोरको पर्वत खण्ड पुरा गर्ने अभिभारा प्रदेश सरकारबाट पुरा हुने दावी गरेका छन ।

सांसदहरुको महत्पूर्ण योजनाको लिष्टमा समेत परेको करिडोरको अन्तर्गत पर्वत खण्डमा लमायखोला र मोदीवेणीमा मोटरेवल पुलको समेत निर्माण कार्य अगाडि बढेको छ ।