कुश्मामा खेल मैदान निर्माण गर्ने सांसदहरुको प्रतिबद्धता

२८ पुस, पर्वत । सदरमुकाम कुश्माबजारमा खेलकुद मैदानको अभाव रहेको भन्दै स्थानीयको गुनासो सुनेपछि जिल्लाबाट निर्वाचित दुई सांसदले खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन । प्रतिनिधि सभा सदस्य पदम गिरी र प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारीले कुश्माबजारमा खेलमैदान निर्माणमा सरकारको तर्फबाट सहयोग जुटाउने कार्यमा लाग्ने प्रतिबद्धता जनाएका हुन ।

विहिबार कुश्मा ५ मा आयोजना भएको नवनिर्वाचित सांसदहरुको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । कुश्मा नगरपालिका वडा न ५को संयुत्तः बाम गठबन्धनका भिमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदद्धयसंगै एमाले नेता मेघनाथ सुवेदी, पाटी उप सचिव गोविन्द पहाडी, महिला अगुवा बुद्धिकुमारी श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत युवासंघका उपाध्यक्ष थमनारायण पौडेल र सञ्चालन राम कंडेलले गरेका थिए ।