२४ मंसीर, पर्वत । प्रतिनिधि सभा निर्वाचनका लागि भएको निर्वाचनमा पर्वतबाट बामगठबन्धनका पदम गिरी विजयी भएका छन । गिरीले निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीलाई हराउँदै विजयी भएका हुन ।
उनले झण्डै १२ हजारको मतअन्तर निकाल्न सफल भएका छन । यसैगरी प्रदेश सभा तर्फ प्रदेश न १ मा नेत्र नाथ अधिकारीले नवराज गुरुङलाई हराउँदै विजयी भएका छन अधिकारी माओवादी केन्द्रका उमेदवार हुन भने गुरुङ नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । यसैगरी क्षेत्र न २ मा एमालेका विकास लम्साल विजयी भएका छन । उनले नेपाली कांग्रेसका राजेन्द्र तिवारीलाई पराजीत गरेका हुन ।
पछिल्लो मत अपडेट
प्रतिनिधि सभा तर्फ
पदम गिरि :- ३८१७२
अर्जुन :- २६१४४
मतान्तर :- १२०२४
प्रदेश :- क तर्फ
नेत्र :- १८५३५
नवराज :- १५३६५
मतान्तर :- ३४७०
प्रदेश :- ख तर्फ
बिकाश :- १५११९
राजेन्द्र :- १३१२९
मतान्तर :- १९९०




