Print

चुनावी प्रचार गर्ने आज अन्तिम दिन, आज मध्यरात देखि मौन अवधि

१८ मंसीर, पर्वत । आज राती १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मंसीर २१ गते हुने निर्वाचनको आज प्रचार प्रसार गर्ने अन्तिम दिन हो । दलहरु आफ्नो पक्षमा पल्लाभारी बनाउन चुनावी रणनीति बनाएर प्रचार जुटेसंगै चुनावी रौनकता गाउँघरमा बढेर गएको छ । मुख्य गरी बामगठबन्धनको तर्फबाट एमाले र माओवादी संयुक्त चुनावी मोर्चामा छन ।

बामगठबन्धनसंग प्रतिस्पर्धाका लागि कांग्रेस र राप्रपाको संयूक्त टोली लोकतान्त्रिक गठबन्धनको नाउँबाट चुनावी मैदानमा छ । दुुवै मोर्चाले चुनावी अभियानमा घरदैलो, आमसभा, कोण सभा जस्ता चुनावी विधि मार्फत आफ्नो पक्षमा मत मागीरहेका छन । आफ्नो पक्षमा जनमत पार्न उनीहरुले सामाजिक सञ्जाल देखि पोस्टर, हाते सामाग्री र घोषणा पत्र समेत सार्वजनिक गरे ।

दलहरुले केहि आचार संहिता उल्लघनका घटनाहरु घटाए पनि त्यसको नियगमन भने फितलो देखिएको छ । चुनाव अभियान अन्तर्गत आज हुने कोणसभा र घरदैलोसंगै भोलीबाट मौन अवधि शुरु हुने र उक्त अवधिमा दलहरुले भित्री रुपमा मतदाताहरुलाई प्रभावित पार्नका लागि भूमिका खेल्नसक्ने भएकाले अन्तिम प्रहरमा मतदाता कस्ले कति प्रभावित पार्न सकिन्छ भन्ने दौडमा दलका उमेदवारहरु लागि परेका छन ।