१३ मंसीर, पर्वत । दक्षिण पर्वतमा चुनावी अभियान सकेर प्रतिनिधि सभाका उमेदवार पदम गिरी आजबाट कुश्मा नगरपालिकाको चुनावी अभियानमा छन । प्रतिनिधि सभाका उमेदवार गिरीसंगै प्रदेश सभाका उमेदवार विकास लम्साल सहितले जिल्लाको पैयू, विहादी, महाशिला र फलेवासमा चुनावी कार्यक्रम सम्पन्न गरेका हुन ।
अभियानमा मतदाताहरुको उत्साहजनक सहभागीता रहेको चुनावी अभियान क्षेत्र न २ का संयोजक पदमपाणी शर्माले जानकारी दिए । शर्माले नेपाली कांग्रेसमा आस्थावान मतदाताहरुले समेत देशमा परिर्वतन देख्न चाहेका कारण सधै भरी रुख चिन्ह्मा मतदान नगने प्रतिबद्धता जनाएका छन । योसंगै बामगठबन्धनको जीत थप उत्सर्षमा पुगेको शर्माको भनाई छ ।
गिरी उत्तरी क्षेत्रमा खटिएसंगै दक्षिणी क्षेत्रमा लम्सालले उक्त क्षेत्रका मतदातासंगको भेटघाटलाइ बाक्लो बनाएका छन । क्षेत्र न १ मा गिरीसंगै प्रदेश सभाका उम्मेदवार नेत्रनाथ अधिकारी पनि अभियानमासंगै छन ।
आजबाट कुश्मा नगरपालिका वडा न १ पाङ र वडा न २ खुर्कोटमा चुनावी अभियान सञ्चालन हुँदैछ । नेपाली कांग्रेसले आफूलाई बहुमत आउने वडाको लिस्टमा राखेका दुवै वडामा नेता गिरी प्रतिको क्रेज भने उत्तिकै छ । आज पाङमा चुनावी सभा हुँदैछ भने आज नै खुर्कोटमा पनि चुनावी कार्यक्रम सञ्चालन हुने एमाले जिल्ला सचिवालय सदस्य शिवप्रसाद पौडेलले जानकारी दिए ।




