३ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।
मत पत्रमा प्रतिनिधि सभामा १४ उमेदवारका चिन्ह्मा रहेका छन । जसमा रुख, सूर्य, हसियामा तार, गिलास,घर आँखा, मुठि लगाएतका । रुख नेपाली कांग्रेसका उमेदवार अर्जुन जोशीको चिन्ह हो भने, सूर्य नेकपा एमालेका संयुक्त बामगठबन्धनका उमेदवार पदम गिरीको चिन्ह् हो ।
यसैगरी प्रदेश सभाको लागि क्षेत्र न १ मा सूर्य चिन्ह् छैन । रुख चिन्ह् नेपाली कांग्रेसका उमेदवार नवराज गुरुङको हो भने गोलाकार भित्रको हसिया हतौडा बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेदवार नेत्रनाथ अधिकारीको चुनाव चिन्ह् हो । क्षेत्र न १ मा ६ वटा चुनाव चिन्ह छन ।
यसैगरी क्षेत्र न २ मा भने गोलाकार भित्रको हसिया हतौडा छैन । रुख चिन्ह् कांग्रेसका राजेन्द्र तिवारीको चुनाव चिन्ह् हो भने सूर्य संयुक्त बामगठबन्धनका उमेदवार एमालेका विकास लम्सालको हो । क्षेत्र न २ मा भने ८ वटा चुनाव चिन्ह् रहेका छन ।
प्रदेश सभाको लागि नमुना मतपत्र





