Print

कांग्रेस गढ मानिने पैयू गाउँपालिकामा आजबाट बाम गठबन्धनको चुनावी अभियान

१ मंसीर, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयू गाउँपालिकामा आजबाट बाम गठबन्धनको संयुक्त चुनावी कार्यक्रम शुरु हुन लागेको छ । प्रतिनिधि सभाका सदस्य उमेदवार पदम गिरी र प्रदेश सभा सदस्य क्षेत्र न २ का उमेदवार विकाल लम्साल सहितको टोली आजबाट जिल्लाको पैयू गाउँपालिकाका वडाहरुमा चुनावी कार्यक्रम सञ्चालन गर्नेछन ।

चुनावी कार्यक्रम अन्तर्गत आज भोर्ले र सरौखोलामा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन कमिटि क्षेत्र न २ का संयोजक पदमपाणी शर्माले जानकारी दिए । शर्माका अनुसार भोर्लेमा घरदैलो र कोण सभा सकेर आजै सरौखोलामा कार्यक्रम तय गरिएको छ ।

नेपाली कांग्रेसले आफ्नो आधार इलाका भनेको उक्त क्षेत्रमा उमेदवारहरुलाई भेटन स्थानीयहरु आत्तुर रहेका र भेटघाट पछि बामगठबन्धनमा जनताको लहर उर्लेर आउने संयोजक शर्माले विश्वास ब्यक्त गरे ।

उता, क्षेत्र न १ प्रदेश सभाका उमेदवार नेत्रनाथ अधिकारी सहितको टोली भने मोदी गाउँपालिकाको क्याङमा चुनावी अभियानमा छ । क्याङपछि उक्त टोली बाजुङमा घरदैलो अभियानमा मार्फत चुनावी अभियानमा जुट्ने क्षेत्र न १ का चुनावी अभियानका संयोजक  गोविन्द पहाडीले जानकारी दिए ।