२५ कार्तिक, पर्वत । जिल्लाको महाशिलाका ६ वटा वडामा भएको चुनावी कार्यक्रम सकेर संयुक्त बामगठबन्धनको टोलीले आजबाट जलजलामा चुनावी अभियान शुरु गरेको छ । जलजलाको बाँसखर्क र माझफाँटबाट आज देखि बाममोर्चाले चुनावी सरगर्मीलाई अगाडि बढाउन लागेको चुनाव प्रचार प्रसार समितिका सदस्य दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार क्षेत्र न २ को चुनावी कार्यक्रम भने शालीग्राम र बहाकीमा हुँदैछ । एमालेका उमेदवार विकास लम्साल क्षेत्र न २ को चुनावी कार्यक्रममा ब्यस्त रहनेछन भने क्षेत्र न १ का माओवादी केन्द्रका उमेदवार नेत्र अधिकारी प्रतिनिधि सभाका उमेदवार पदम गिरीसहितको कार्यक्रममा बाँसखर्कमा सहभागी हुनेछन ।
एमाले र माओवादी वीचको संयुक्त चुनावी कार्यक्रम आज बाँसखर्क र माझफाँटमा हुँदैछ । चुनावी अभियानमा एमालेका जिल्ला स्तरीय नेता देखि केन्द्रिय सदस्य र केन्द्र तथा प्रदेश कमिटिका विभागीय सदस्यहरु समेत सहभागी हुने जिल्ला निर्वाचन परिचालन कमिटिका संयोजक भक्त कुवंरले जानकारी दिए ।




