Print

एमालेको समानुपातिकको अन्तिम बन्द सुचि पर्वतबाट गुरुङ र शर्मा

१३ कार्तिक, पर्वत । नेकपा एमालेले समानुपातिकको बन्द सुचिको प्रदेश नं ४ मा पर्वतबाट विजय गुरुङ र भोलानाथ शर्मा को नाम समावेश गरेको छ । एमालेले आइतबार अन्तिम समयममा नामावली संसोधन गर्दै शर्मा र गुरुङको नाम बन्द सुचिमा समावेश गरेको हो । नेकपा एमाले केन्द्रिय सदस्य  तथा सम्पर्क कमिटिका सह इन्चार्ज विजय गुरुङलाई पनि समानुपातिकमा  एमालेले बन्द सुचिको राखेको छ ।

शर्मा नेकपा एमाले पर्वतका सल्लाहकार तथा अधिवत्ता हुन । एमाले निकट प्रेस चौतारी पर्वतको संस्थापक अध्यक्ष समेत रहेका शर्मा लामो समय देखि वकालतको क्षेत्रमा सक्रिय छन । एमाले राजनीतिमा बौद्धिक वर्गको रुपमा हेरिएका शर्मा स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको निर्वाचन परिचालन कमिटिका संयोजक समेत थिए ।

प्रदेशमा समानुपातिकबाट २४ जना चुनिनन्छन । एमालेले २४ जना मध्येको लिस्टमा पर्वतका शर्मा र गुरुङको नाम समावेश गरेको प्रदेश प्रचार विभाग प्रमुख जगत विश्वकर्माले पर्वत न्यूज डटकमलाई जानकारी दिए । विश्वकर्माले आइतबारको संसोधनमा शर्मा र गुरुङको नाम समावेश गरिएको बताए । शर्मा फरक क्षमता भएकाले अपाङगता भएकाहरुको प्रतितिधित्व सुनिश्चितताका लागि पनि एमालेले समानुपातिकको अन्तिम सुचिमा समावेश गरेको छ । संविधानले समानुपातिकबाट प्रदेश सभाको संसदमा नाम सिफारिस गर्दा अपाङगता क्षेत्रलाई अनिवार्यता गरेको छ । उता, गुरुङलाई भने जनजातिको कोटाबाट सिफारिस गरिएको एमाले श्रोत बताउँछ ।