गजल
भेटे देखि तिमीसंग डाँको छोडी रुन्थे होला
पिरै पिरले मैलिएको यो मुटुलाई धुन्थे होला
बर्षौ बित्यो कुराकानी नभएको तिमीसंग
मेरो बारे के के भन्थ्यौ ध्यान दिएर सुन्थे होला
दुःख कष्ट सफलताका कथाहरु सुनाउन्थ्यौ
तिम्रा कथा सुन्दा खेरी कत्ति भावुक हुुन्थे होला




